हिरासत कक्षबाट फरार भएका थुनुवाहरू मध्ये थप १ जना पक्राउ
२०७९-११-२९
- A
- A-
- A+
मिति २०७९/१०/१६ गते अं.०३:३० बजेको समयमा
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काई फरार भएका ६
जना थुनुवाहरू मध्ये ४ जना लाई पक्राउ गरि थप अनुसन्धान गरिएको र २ जना हाल फरार
रहेकोमा फरार रहेका थुनुवा मध्ये हातहतियार खरखजाना मुद्दा को अं. वर्ष ३६ को शंकर
सिंह महतोलाई तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट
खटिएका संयुक्त प्रहरी टोलिले व्यापक सर्च अपरेशन चलाई खोज तलास गर्दे जाने क्रममा
मिति २०७९/११/२७ गते अं.२०:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा
नं. १६ ईनर्वामा लुकीछिपि बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.
धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको
।