फरार प्रतिवादी नियन्त्रण
२०७९-१२-२९
- A
- A-
- A+
१.
सप्तरी, मिति २०७९।१२।२८ गते
जि.प्र.का.सप्तरी तथा सप्तरी मातहत प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलिले
जिल्ला सप्तरी राजबिराज न.पा.१३ बस्ने असरफि सदा, ऐ.ऐ.बस्ने लक्ष्मण यादव र जि. सप्तरी हनुमाननगर कंकालिनी न.पा.१४ बस्ने बिरेन्द्र
कुमार यादवलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि सम्मानित जिल्ला अदालत
सप्तरीमा बुझाईएको ।
२.
सर्लाही, मिति २०७९/१२/२८
गते अं.१९:०० बजेको समयमा ई.प्र.का. सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा ४ जना खटिएको टोलीले जि. सर्लाही बरहथवा न.पा.३
झिङयाही बस्ने जतन पासवान को छोरा अं.बर्ष २८ को धर्मेन्द्र पासवानलाई किर्ते मुद्दाको
फैसला कार्यान्वयन नभएको फरार प्रतिवादी लाई नियन्त्रणमा लिई ई.प्र.का.बरहथवामा
ल्याई राखेको । साथै, अं.१९:४० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दाको फरार
प्रतिवादी जि. सर्लाही बागमती न.पा. १२ बस्ने विष्णु बहादुर कुश्वारको छोरा वर्ष
१९ को बिल्टे, बिन्टे भन्ने बिनायक कुश्वारलाई पक्राउ
गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सर्लाही मलंगवामा पेश गरेकोमा धरौटी
तिर्न नसकी सिन्धुली कारागार पठाउने आदेश पत्र सहित तत्काल ई.प्र.का.सर्लाहीमा
ल्याई हिरासतमा राखिएको ।