१९ लाख ५० हजार रकमसहित हुण्डी कारोबार गर्ने ३ जना मानिस पक्राउ
२०८०-०१-०७
- A
- A-
- A+
पर्सा, मिति २०८०।०१।०५ गते १४:०० बजे विषेश सूचनाको आधारमा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट प्र.नि.को कमाण्डमा खटिएको विशेष टोलीले जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं.८ स्थित सडकखण्डबाट दुई जना शंकास्पदबरूपमा हिंडिरहेका व्यक्तिहरूलाई रोकी कानूनी रीतपुर्याञई निजहरूको शरीर खानतलासी गर्दा जिल्ला बारा परवानीपुर गा.पा. वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली रू. १,६०,०००/- (एक लाख साठ्ठी हजार) र ऐ.ऐ. बस्ने वर्ष ३९ को सुनिल साह कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रू. ३,९०,०००/- (तिन लाख नब्बे हजार) गरी जम्मा नेपाली रु. ५,५०,०००/- (पाँच लाख पचास हजार) फेला परेको हुँदा उक्त रकम सहित दुवै जनालाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्धको कसुरमा पर्सा जिल्ला अदालतबाट दिन ३ (तीन) म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान तथा कारवाही भैरहेको ।
साथै, मिति २०८०।०१।०६ गते ११:०० बजे विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्र.नि.को कमाण्डमा खटिएको विशेष टोलीले जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं. ११ स्थित सडकखण्डमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मो.सा.लाई रोकी कानुनी रीतपुर्याञई उल्लेखित नम्बरको मो.सा.मा सवार जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं. ७ बस्ने वर्ष ३२ को छठु महत्तोको खानतलासी गर्दा निजले लगाएको हेल्मेट तथा मो.सा.को वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको नेपाली रू.१४,००,०००/- (चौध लाख) फेला परेको हुँदा निज छठु महतोलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धको कसुरमा पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान तथा कारवाही भैरहेको ।