प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको पैसा सहित मानिस नियन्त्रणमा

२०८०-०१-२७

  • A
  • A-
  • A+
Share


पर्सा, मिति २०८०।०१।२६ गते अ. १७:०० बजेको समयमा जिल्ला पर्सा बिन्दबासीनी गा.पा.५ प्रसौनिभाटा पुल स्थितमा प्र.चौ.प्रसौनिभाटा पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलिले बिरगंजबाट प्रसौनिभाटा तर्फ आउदै गरेको BR 05 S 4702 नं.को मो.सा.मा पछाडि सवार देश भारत जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ताले बोकेको कालो झोलामा चेकजाँच गर्दा तत्काल स्रोत नखुलेको नेपाली रुपैँया १२ लाख (१००० दरको ८०० थान र ५०० दरको ८०० थान) फेला पारी मो.सा.चालक ऐ. ६ बस्ने वर्ष २६ को मुसाहेब आलम र  ऐ. मो.सा.मा पछाडी सवार वर्ष ४० को धनन्जय कुमार गुप्तालाई उक्त नगद, मो.सा. र २ वटा मोबाईल, सहित नियन्त्रणमा लिई प्रहरी चौकी प्रसौनिभाटामा ल्याई राखिएको  थप अनुसन्धान कार्य भै रहेको ।

 

सम्बन्धित समाचार
श्रोत नखुलेको रकम सहित मानिस पक्राउ
२०८१-०१-२५

१.      पर्सा, मिति २०८१/०१/२४ गते अ. १५:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलीले जि. पर्सा बिरगंज म.न.पा. १४ गण्डक चोक स्थितमा चेक जाँच गर्ने क्रममा बिरगंजबाट परवानीपुर तर्फ जाँदै गरेको प्रदेश २-०३ -०१० प ६७१९ नं. को मो.सा. मा सवार बिरगंज म.न.पा. २२ जगरनाथपुर बस्ने हरिनारायण प्रसाद कुर्मीको छोरा अं. बर्ष २८ को रवि कुमार पटेलले पछाडी बोकेको कालो झोला चेक जाँच गर्दा झोला भित्र लुकाई ल्याएको स्रोत नखुलेको नेपाली रु. १,०००/- (एक हजार) दरको थान ८८९ रु.८,८९,०००/- (आठ लाख उनानब्बे हजार), नेपाली रु. ५००/- दरको ८५० थान रु. ४,२५,०००/- (चार लाख पच्चिस हजार) र नेपाली रु. १००/- दरको १० थान रु. १,००० (एक हजार) गरी जम्मा रु. १३,१५,०००/- (तेह्र लाख पन्ध्र हजार रुपैयाँ) र बिभिन्न बैंकको निजको खाताको खाली चेक थान-७ रहेकोमा उक्त नगद रकम सम्बन्धमा सोधपुछ गर्दा श्रोत खुल्न नसकेकोले उक्त रकम सहित निज रवी कुमार पटेललाई नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०१-२४

१.      बारा, मिति २०८१/१/२४ गते अ. ०६:३०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थितमा इ.प्र.का. अम्लेखगंज र जि.प्र.का.बाराबाट खटिएको संयुक्त चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना.५.ख. ७९२७ न.को डिब्बा ट्रकलाई रोकी चेक जाँच गर्दा बिलबिजक भन्दा सामान फरक रहेको (खुद्रा सामान लेडिज सुट, धागो, जरी दाना, प्रिन्ट कपडा, माला लकेट) रू. ६६,९०,४२९/- (छैसठ्ठि लाख नब्बे हजार चार सय उनन्तिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित डिब्बा ट्रकलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको । २.      बारा, मिति २०८१/१/२४ गते अ. ०९:३०.बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१ स्थितमा इ.प्र.का. अम्लेखगंज र जि.प्र.का.बाराबाट खटिएको संयुक्त चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको ना.८ख. २७१९ नं.को मिनि ट्रकलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा सामान फरक रहेको (खुद्रा सामान लेडिज मोबिल, चपरा, बेड सिट कपडा, स्टेशनरी, बेकरी आईटम, हार्डवेयर) रू. ७९,८९,३३९/- (उनासी लाख उनानब्बे हजार तिन सय उनन्चालिस रूपैयाँ) बराबरको खुद्रा सामान सहित मिनि ट्रकलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको । 

लागु औषध गाँजा सहित कार नियन्त्रणमा
२०८१-०१-२४

१.      महोत्तरी, मिति २०८१/०१/२४ गते बिहान अं. ०३:४५ बजेको समयमा जिल्ला महोत्तरी औरही न. पा. ९ स्थित बर्दिबास जलेश्चर सडक खण्डको टिमकिया भन्ने स्थानमा बर्दिवासबाट रामगोपालपुर तर्फ जाँदै गरेको MH 43 AB 0566  नं. FIAT कम्पनीको कारलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको विशेष प्रहरी टोलि र इ.प्र.का. बर्दिवासबाट समेत खटिएको प्रहरी गस्ती टोलिले बर्दिबास चोकमा चेक जाँच गर्ने क्रममा उक्त कार नरोकि औरही तर्फ भागेकोमा  ऐ. गस्ती टोलीले पिछा गर्दै जाँदा टिमकिया स्थित बाटोमै रोकी चालक फरार रहेकोमा कारलाई चेकजाँच गर्ने क्रममा कारको डिक्की र पछाडी पट्टीको सिट खोली हेर्दा लागु औषध गाँजा १० पोका अं. ५० (पचास) किलो फेला परेकोले ला.औ. सहित उक्त कार नियन्त्रणमा लिई फरार रहेका चालक भारत बिहार जिल्ला सितामढी ग्राम पुनौरा टोल वडा नं. ३ बस्ने रामजान अंसारीको छोरा अ. बर्ष ४५ को सैयद अंसारीलाई खोजतलास गर्दै जाने क्रममा घट्नास्थल वरपर घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिई इ.प्र.का. रामगोपालपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।