प्रतिबन्धित भारतीय नोट सहित मानिस पक्राउ
२०८०-०२-०९
- A
- A-
- A+
पर्सा, मिति २०८०।०२।०८
गते अं.१५:२५ बजेको समयमा जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चोकस्थित
सडकखण्डमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा
भारतको रक्सौल तर्फबाट वीरगञ्ज बजार तर्फ एक जना पुरुष व्यक्ति पछाडी नेबी ब्लु
रंगको झोला बोकी ना २ प १११३ नं.को हिरो होण्डा मोटरसाईकल चलाई आईरहेको अवस्थामा
शंका लागी निजलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा जिल्ला बारा कलैया
उ.म.न.पा.वडा नं.१८ मोतिसर टोल बस्ने अं. वर्ष ५४ को मेहीलाल प्रसाद साहले पछाडी भिरेको
नेवी ब्लु रंगको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा भारतीय रु.५००।- दरका नोट
३४६ थान, रु.२००।- दरका नोट ३ थान र रु.१००।- का नोट ३ थान
गरी जम्मा भारतीय रु. १,७३,९००।-(एक
लाख तिहत्तर हजार नौ सय ) प्रतिवन्धित भारतीय नोट फेला परेकोले उक्त भारतीय नोटहरु र ईन्जिन नम्वर 99E17M1531 चेचिस नम्वर QQE1QC01544 भएको ना २ प १११३ नं.को
हिरो होण्डा मोटरसाईकल समेत बरामद गरी निज मेहीलाल प्रसाद साहलाई नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागि मिति २०८०।०२।०९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको
।