बिल बिजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामान लोड रहेको ट्रक पक्राउ
२०८०-०२-१२
- A
- A-
- A+
पर्सा, बिल विजक भन्दा बढी औषधी,
हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको ट्रक वीरगञ्जबाट सर्लाहीतर्फ गईरहेको छ
भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति
२०८०।०२।१० गते अं. २१:०० बजे जिल्ला पर्सा वीरगञ्ज
महानगरपालिका वडा नं.१६ नगवा स्थित सडकखण्डमा ना.७ ख ७६७६
नम्बरको
मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सर्लाही ढुवानी ट्रान्सपोर्टबाट पठाईएको
ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा रू.
अ.मु.रू.
३२,३७,७३९।- (बत्तीस लाख सड्तीस हजार सात सय उनन्चालीस) बराबरको हार्डवेयर,
स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू फेला पारी
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।११ गते
राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।