Online मार्फत ( IPL 2023 ) जुवा/सट्टावाजी गर्ने मानिसहरु पक्राउ
२०८०-०२-१२
- A
- A-
- A+
पर्सा, मिति २०८०।०२।१० गते अं.११:४५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित संजय
श्रीवास्तवको तिन तल्ले पक्की घरको माथिल्लो तल्लाको उत्तर पट्टीको कोठामा Online मार्फत Mumbai Indians VS Lucknow
Super Giants टिमको
सट्टाबाजी गरिरहेको अवस्थामा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले
उक्त घरको कानूनी रित पुर्याई खानतलासी गर्दा निम्न स्थान बस्ने निम्न
व्यक्तिहरूले संचालन गरेको सट्टाबाजीमा प्रयोग भएको निम्न प्रकारका मोबाईलहरू,
ल्यापटप तथा नेपाली नगद रू.३,९०,५००/- (तीन लाख नब्बे हजार पाँच सय) र भारतीय नगद
रू. १५,७५०/- (पन्ध्र हजार सात सय पचास) र खेलको Live हेर्न प्रयोग भएको Idea Company को ३२ inch LED TV समेत फेला परेको हुँदा निम्न स्थान बस्ने निम्न व्यक्तिहरू तथा फेला परेको
दशीको सामानहरू सहित पक्राउ तथा बरामद गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ
निजहरू विरुद्द Online सट्टाबाजी सम्बन्धी कसूरमा मिति
२०८०।०२।११ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गरी थप
अनुसन्धान कार्य भैरहेको ।
निम्नः-
१. जि.बारा कलैया उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३१ को सरोज साह ।
२.
जि.सर्लाही रामनगर गा.पा.वडा नं.६ बस्ने वर्ष ३५ को सन्तोष कुमार यादव ।
३.
जि.पर्सा वी.म.न.पा.वडा नं.२४ बस्ने वर्ष ३४ को धुरेन्द्र प्र.यादव ।
४.
भारत उत्तर प्रदेश गोरखपुर देवरिया बस्ने वर्ष ५२ को मुन्ना भन्ने धर्मनाथ
प्र.जैसवाल ।