बिल बिजक भन्दा बढी रहेको सामान नियन्त्रणमा
२०८०-०२-१७
- A
- A-
- A+
१. बारा,
मिति २०८०।०२।१७ गते अं. ००:३० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया
स्थित तिनकुने चोकमा प्र.चौ. पथलैया, बाराबाट प्र.ब.ह. को कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट
काठमाण्डौ तर्फ जाँदै
गरेको ना.३. ख.०६७५ नं.को डिब्बा ट्रक सुचनाको आधारमा चेकजाँच गर्दा बिल बिजक
भन्दा बढी भएकोले नियन्त्रणमा लिई का.मा राखिएको बिलमा भएको अं.मुल्य रू.
३०,९२,८३३/- (तिस
लाख बयानब्बे हजार आठ सय तेंतिस रुपैयाँ) बराबरको केमिकल, हार्डवेयर, मोबिल, सुपारी आदी बिरगंजबाट
चितवन तर्फ जादै
गरेको ना.५.ख.६१६६ नं.को डिब्बा ट्रकमा किराना सामानहरु मिश्री, धनिया, जिरा, काजु, पेन्ट गरी रू.
२६,५४,३२१/- (छब्बिस लाख चौवन्न हजार तिन सय एक्काईस) गरी जम्मा रू.
५७,४७,१५४ (सन्ताउन्न लाख सर्चालिस हजार एक सय चौवन्न) बराबरको नियन्त्रणमा लिई प्र.चौ.
पथलैया बारामा ल्याई राखेको ।