पैसा र गाडी सहित मानिसहरू फेला परेको
२०८०-०२-२४
- A
- A-
- A+
सर्लाही, मिति २०८०/०२/२३ गते अन्दाजी १७;१५ बजेको समयमा
जिल्ला सर्लाही हरिवन न.पा.वडा न.११ स्थित खटिएको प्र.स.नि. को कमाण्डमा खटिएको ४
जनाको प्रहरी चेकिङ टोलीले आवत- जावत गर्ने मानिस तथा सवारी साधन चेकजाँच गर्ने
क्रममा पश्विम तर्फबाट शंकास्पद रुपमा आउदै गरेको NISSAN कम्पनीको MAGNITE लेखिएको
सेतो सिल्भर रंगको बागमती प्रदेश -०१-०२६ च.०२९९ नम्बरको कारमा कार चालक जिल्ला
मकवानपुर हेटौडा उ.म.न.पा. ३ बासामाडी बस्ने बर्ष ४० को हेमराज विश्वकर्मा, सोही
कारमा सवार जिल्ला सुनसरी बरहाक्षेत्र न.पा.वडा न.०४ घर भई हाल जिल्ला काठमाण्डौ
काठमाण्डौ म.न.पा. काडाँघारी बस्ने बर्ष ३१ को मौसम मग्राती, सोही कारमा सवार
जिल्ला सर्लाही बागमती न.पा.वडा न.०१ बस्ने बर्ष ३१ को दिपक तामाङ र जिल्ला खोटाङ
रावावेशी गा.पा.वडा न.०४ बस्ने बर्ष ४४ को विमल तामाङ नाम थर वतन बताउने
ब्यक्तिहरु सवार भई पुर्व तर्फ जादै गरेकोमा उक्त कारलाई रोकी निजहरुलाई
नियन्त्रणमा लिई कार चेकजाँच गर्दा कारको पछाडी पट्टी डिकीमा कालो रंगको पछाडी
भिर्ने झोला रहेको, उक्त झोला खोली हेर्दा झोला भित्र रबरले बाधेको Progressive
Finance limited लेखिएको स्लिपले बेरिएको जम्मा नौ वटा
विटोमा रु. १,००,०००/- को दरले जम्मा रू. ९,००,०००/- (नौ लाख ) र सानिमा बैक
लिमिटेड लेखिएको स्लिपले वेरिएको जम्मा नौ वटा विटोमा रु १,००,०००/- को दरले जम्मा
रू. ९,००,०००/- (नौ लाख) गरी जम्मा १८ वटा विटोमा जम्मा नेपाली रु.
१८,००,०००/- (अठार लाख) फेला पारी उक्त रकम, मानिस र कार सहित ई.प्र.का.हरीवन
सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।