बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू सहित ट्रक पक्राउ
२०८०-०२-२४
- A
- A-
- A+
पर्सा, बिल
विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ
जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले मिति
२०८०।०२।२३ गते राती अं.२२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती स्थित
सडकखण्डबाट ना.७ ख. ५८५२ नम्बरको मालवाहक ट्रक रोकी जाँच
गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद
देखिएको हुँदा अ.मु.रु. २,५५,३२,७७४/- (दुई करोड पचपन्न लाख बत्तीस हजार सात सय
चौहत्तर) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा मालसामानहरूलाई नियन्त्रणमा
लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।२४ गते राजश्व अनुसन्धान
कार्यालय पथलैया, बारामा बुझाइएको ।