प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०२-२६

  • A
  • A-
  • A+
Share


१.      रौतहट, मिति २०८०।०२।२५ गते अं. ११:०० बजेको समयमा जि.रौतहट गुजरा न.पा.६ खतवहियाटोल बस्ने किर्ते मुद्दाको फरार प्रतिवादी रजक अंसारीको छोरा बर्ष ६८ को जिकरुलाह अंसारी आफ्नै गाँउघरमा लुकिछिपि बसेको छ भन्ने गोप्य सुचना प्राप्त हुन साथ अ.प्र.पोस्ट छेदिचोक रौतहटबाट प्र.स.नि.को कमाण्डमा ऐ.११:१० बजेको समयमा टोली खटि गएको र ऐ.११:३० बजेको समयमा पुगी नियन्त्रणमा लिई ई.प्र.का.गरुडामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

२.      सिरहा, मिति २०८०।०२।२५ गते अं. ०८:३५ बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. - ९ बस्ने  सदानन्द महतोको छोरा अं. बर्ष ३४ को रामलोचन महतोको नाममा सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट कुटपिट मुद्दामा  लगत न. ३३६५,३३६७  फैसला मिति २०७०/१०/०८  गते मा रु.२५०/- (दुई सय पचास रुपैयाँ मात्र) जरिवाना रहेको र निजको भाई अं. बर्ष ३० को प्रकाश महतोको नाममा सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट कुटपिट मुद्दाका लगत नं. ३३६३, फैसला मिति २०७०/१०/०८  गते मा रु.२५०/- (दुई  सय पचास रुपैयाँ मात्र) जरिवाना रहेको दुवै जना  फरार प्रतिवादीलाई ई.प्र.का. धनगढी सिरहाबाट प्र.ना. नि. ले बोलाई लागत कट्टा गराउनको लागि पत्र बुझाई जिल्ला अदालत सिरहा पठाईएको ।

३.      सिरहा, मिति २०८०/०२/२५ गते अं. १४:०० बजेको समयमा जिल्ला सिरहा जिझौल गा.वि.स. वडा नं. ७  हाल बरियारपट्टी  गा.पा. वडा नं. ३ बस्ने जिल्ला सिरहा साविक गा.वि.स. महेशपुर प्र.ध. वडा नं.३ हाल ऐ. लक्ष्मिपुर पतारी गा.पा. ३ बस्ने राम अशिष साह तेली लागत नं. ३४३ मुद्दा कुटपिट, जरिवाना रु. ७३३/३४ रुपैँया र जिल्ला सिरहा झौल गा.वि.स. वडा नं. ७  हाल बरियारपट्टी  गा.पा. वडा नं. ३ बस्ने महेन्द्र यादव लागत नं. १४१९, मुद्दा लुटपिट, जरिवाना रू. ३३/७५ रुपैँया तोकेको फरार प्रतिवादीहरुलाई ई.प्र.का. महेशपुरपतार सिरहाबाट प्र.स.नि. को कमाण्डमा टोली खटि गई पक्राउ गरि ई.प्र.का. महेशपुरपतारमा ल्याइ जरिवाना कटाउनको लागि सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाईएको ।

४.      सिरहा, मिति २०८०।०२।२५ गते अं. १३:०० बजे जिल्ला सिरहा नवराजपुर गा.पा. २ बस्ने अं. बर्ष ५५ को जहुरी कामैत, ऐ.ऐ. बस्ने अं.बर्ष ४७ की बविता देवी कामैत, ऐ. गा.पा. ४ बस्ने अं.बर्ष ४० को सिकिन्द्र यादव, ऐ. गा.पा. ३ बस्ने अं.बर्ष ३७ की रामबती देवी सदाय र ऐ. गा.पा. ५ बस्ने अं.बर्ष ५३ को दोरिक यादवलाई विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई ई.प्र.का. झाझपट्टी सिरहाबाट प्र.स.नि. को कमाण्डमा खटिगएको टोलीले निजहरुकै घर वतनबाट पक्राउ गरि आवश्यक कार्वाही तथा लगत कट्टाको लागी सम्मानित सिरहा जिल्ला अदालत पठाएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०८१-०४-११

१.      पर्सा, बिरगंज.म.न.पा. १६ , ४० फिटे रोड  स्थितबाट लागु औषध  नाईट्रोभेट - १० पत्ता (१ पत्तामा १५ पिस जम्मा -१५० पिस रहेको) पाइरोनिक्स स्पास १० पत्ता( १पत्तामा ८ पिस जम्मा ८० पिस ) सहित देश भारत जिल्ला जमुई थाना चनरदिप ईस्लाम नगर जमुई बस्ने राजेश सिंह को छोरा वर्ष  २३ को सोनु सिंहलाई अस्थाई प्रहरी पोष्ट ईनर्वा बाट खटिएको प्रहरी टोलीले शंका लागी चेक जाँच गर्ने क्रम्मा प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२. बारा, जितपुरसिमरा उ.म.न.प १ पथलैया चोक स्थितबाट लागु औषध DIAZEPAM २२ पिस,फेनारगन २२ पिस,BUPRENORPHINE INJECTION  २२ पिस गरी जम्मा ६६ पिस सहित जिल्ला रौतहट रंगपुर गा.पा.५ बस्ने दोर्जे घिसिङको छोरा बर्ष अं.२६ को पाल्देन घिसिङलाई प्रहरी चौकी पथलैया बाट खटिएको प्रहरी चेकिङग टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     रौतहट, गौर न.पा.०८ कार्यालय अगाडीबाट लागु औषध २ पिस फेनारागन र ४ पिस नाम नखुलेको सहित ऐ.चन्द्रपुर न.पा.८ बस्ने सुरेन्द्र झा को छोरा बर्ष अं.२० को रुपन झालाई अस्थाई प्रहरी पोष्ट बसपार्क बाट खटिएको चेकिङ्ग टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८१-०४-११

१.      सिरहा, सुखिपुर न.पा.८ वैशाखा स्थितबाट अपहरण तथा शरिर बन्धक मुद्दाका अनुसनधानको क्रममा बारदात फश्चात फरार रहेका प्रतिवादी जिल्ला सिराहा सुखिपुर नगरपालिका २ विधानगर बस्ने श्याम सुन्दर मण्डलको छोरा अं. बर्ष २५ को दिनेश मण्डललाई इलाका प्रहरी कार्यालय सुखिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     बारा, कोल्हवी न.पा.०२ हनुमानगंज स्थितबाट बैकिङ कसुर मुद्धाका फरार रहेको जिल्ला मकवानपुर दामन गा.बि.स.वडा नं.१ हाल परिवर्तित ऐ.ऐ.थाहा न. पा.०३ स्थाई वतन भई हाल जिल्ला बारा कोल्हवी न.पा.० २ बस्ने भगवान प्रसाद मैनालीको श्रीमती बर्ष ३३ की रमा कार्कीलाई इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस पक्राउ
२०८१-०४-०९

१.     पर्सा, बिरगंज म.न.पा. वडा नं. १४ स्थितमा बिरगंज देखि हेटौडा नरायणघाट सम्म चल्ने यात्रु बाहक बसमा लागु औषध नाईट्राजेपाम ट्याबलेट ३४ पिस सहित जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वाड नं.१३ मगर टोल बस्ने जयराम आचार्याको छोरा अं.बर्ष १८ को रोनिल आचार्यालाई प्रहरी चौकी गण्डक बाट खटिएको चेकिङ्ग टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, बिरगंज म.न.पा. १६ फुलवारी टोल स्थित ला.औ.ओसार पसार गर्ने भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का. पर्सा र ई.प्र.का. नगवाको सयुक्त टोलीले घर खानतलासी गर्ने क्रंम्मा लागु औषध ८ के.जी .२३७ ग्राम चरेश जस्तो देखिने पदार्थ बरामद सहित ऐ.ऐ. बस्ने बर्ष ६५ को आसिद मिया र बर्ष ४२ की कायमा खातुनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     पर्सा, बिरगंज म.न.पा.वडा  नं. २१ स्थित दिपक होटेलमा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी परवानीपुर र लागु औषध नियन्त्रण व्युरो पर्सा बाट संयुक्त टोलीले चेकजाँच गर्दा लागु औषध नुफिन – ५४० एम्पुल , डाईजेपाम ५२४ एम्पुल, र फेनारागन ५२८ एम्पुल गरी  जम्मा १५९२ एम्पुल सहित देश भारत जिल्ला मोतिहारी घर भई रक्शौल वस्ने अं.वर्ष १९ को सोनु  कुमार सराफ र ऐ.ऐ. वस्ने  अं.वर्ष १८ को राज कुमार दास सहित निजहरुले प्रयोग गरेको BR-05 AJ 2109 नम्बरको सुपर स्पलेन्डर मो.सा. र  BR-05-BA 6282 नम्बरको मो.सा.२ थान र निजहरको साथ बाट फेला परेको मोबाईल सेट थान ३ (तिन) सहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०७

१.     बारा, सिम्रौनगढ नगरपालिका ९ वसवरिया स्थितबाट लागू औषध Nitrovet Tablet-19 पीस, Tramadol Capsules-10 पीस सहित जिल्ला बारा आदर्श कोतवाल गा.पा. ४ चिउटाहा बस्ने वर्ष २० को जमसेद आलमलाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट बसवरिया तर्फ आउँदै गरेको BR 05 L 6070 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     महोत्तरी, सम्सी गाउँपालिका ६ मस्जिद चोक स्थितबाट लागु औषध नुरफिन ईन्जेक्सन ४ एम्पुल, फेनारगन ४ एम्पुल, नाईट्रोभेट ट्याब्लेट ४ पिस, डाइजेपाम ४ पिस र १० लेखिएको खुल्ला ट्याब्लेट २ पिस सहित जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका १४ बस्ने वर्ष १७ को बिमल यादव र जिल्ला महोत्तरी पिपरा गा.पा.१ खैरवा बस्ने बर्ष १९ को निरज कुमार यादवलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारत बन्दहवाबाट सम्सी तर्फ आउँदै गरेको म.प्र.०२-००६ प १४६४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सिरहा, नबराजपुर गाउँपालिका ५ कुसण्डी स्थितबाट लागू औषध Diazepam Injection 2MI लेखिएको १०० एम्पुल, Buprenorehine Injection 2MI लेखिएको १०० एम्पुल, promethazine hybrochloride Injection 2MI लेखिएको १०० एम्पुल गरी जम्मा ३०० एम्पुल (Injection) सहित जिल्ला सिरहा नबराजपुर गा.पा. १ बस्ने बर्ष ४३ को श्याम सुन्दर यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको को.३ प. ५६०६ नम्बरको मोटरसाइकलमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०६

१.     पर्सा, बिरगंज महानगरपालिका २५ सिर्सिया स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ पुरिया (तौल नखुलेको), नाईट्राभेट-१० लेखिएको १६ पिस ट्याब्लेट र गाँजा ११ ग्राम सहित जिल्ला पर्सा बिरगंज महानगरपालिका १ बस्ने बर्ष १९ को रोहित साह तेलीलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरी टोलीले सिर्सिया स्थित भारतबाट छप्कैया तर्फ आउँदै गरेको अवस्थामा चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     पर्सा, बहुदरमाई नगरपालिका ९ बिश्रामपुर स्थितबाट लागू औषध गाँजा ५ किलो सहित सोही स्थान बस्ने बर्ष १६ को अमिरी साह गुप्तालाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभठाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाईकलमा सवार निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सर्लाही, ईश्वरपुर नगरपालिका ७ स्थितबाट लागू औषध Nitravet-10 लेखिएको ९० ट्याब्लेट, Nitrazepam लेखिएको २२० ट्याब्लेट र CCTV थान २ सहित ईश्वरपुर न.पा. ९ रामनगर बस्ने वर्ष १९ को बिकी साहलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरी गस्ती टोलिले चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध र CCTV सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ४.     सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चोक स्थितबाट लागू औषध गाँजा ५०० ग्राम सहित जिल्ला सिरहा मिर्चैया नगरपालिका ५ बस्ने बर्ष २८ को भोला पंजियारलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।