फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०३-०३
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।०३।०२ गते अं. १८:२५ बजेको
समयमा जि.रौतहट गरुडा न.पा.५ लक्ष्मीपुरटोल बस्ने कांग्रेश राय यादवको छोरा
अं.वर्ष २३ को रमोद यादव आफ्नै घर अगाडि उभिएको अवस्थामा ऐ.ऐ. बस्ने सकलदेव राय
यादवको छोरा अं.वर्ष १९ को अरविन्द राय यादवले चलाएको हाल नम्बर नखुलेको मो.सा.ले
निजलाई हल्का छोएको विषयलाई लिएर विवाद भई झै-झगडा भएको छ भन्ने खबर प्राप्त
हुनसाथ ई.प्र.का.गरुडा रौतहटबाट प्र.ना.उ.को कमाण्डमा खटिगएको टोलिले झै-झगडामा
संलग्न रमोद यादवलाई नियन्त्रणमा लिइ ई.प्र.का.गरुडा रौतहटमा ल्याइ अनुसन्धान
गर्दा निज ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी समेत रहेको झै-झगडाको
क्रममा निजको टाउकोमा सामान्य चोट लागेको कारण प्रहरीको निग्रानिमा गरुडा स्थित
रहेको अनमिका अस्पतालमा उपचार भइरहेको अवस्था सामान्य ।
२.
सिरहा,
मिति २०८०।३।२ गते अं.१०:०० बजे ई.प्र.का.सुखिपुरबाट
खटिएको प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले सम्मानित सिरहा जिल्ला अदालत सिरहाको
लगत नम्बर ७३५३, फैसला मिती २०७८/०५/२९ गते, कैद २ महिना १३ दिन
भएको चोरी मुद्दाका फरार प्रतिवादी जिल्ला
सिरहा सुखिपुर न.पा.२ छजना दक्षीण टोल बस्ने
ईब्राहिम मियाको छोरा अं. बर्ष २२ को सदरे राईनलाई निजकै घर वतनबाट पक्राउ
गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का.सिरहा पठाएको छ ।