मदिरा बरामद
२०८०-०३-०६
- A
- A-
- A+
धनगढी, मिति
२०८०।०३।०५ गते अं. १७:३० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. १० कार्यालय
अगाडि लोकमार्गमा ई.प्र.का. धनगढीबाट प्र.ना.नि. र ट्राफिकबाट प्र.ना.नि.को
कमाण्डमा खटिएको चेकिङ्ग टोलीले कांकडभिट्टाको मेची नाकाबाट खाली गाडीको भंसार
गराई भारतबाट नेपाल प्रवेश गरी पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको BR 01 PB 0827 नं. टाटा सुमो गाडीलाई रोकी चेकजाचँ गर्दा सोध पुछ गर्ने क्रममा चालक फरार
भएको हुँदा, गाडिको भित्री भागमा लुकाई छिपाई राखेको Royalstag २०४ पिस मध्य १ पिस फुटेको र Officers choice २८७
पिस रहेको, 0827 नं. टाटा सुमो गाडीमा सवार देश भारत जिल्ला
दरभङ्गा लहेरीयासराई ग्रामपंचाईत ४ बस्ने सुरेश कुमार पण्डितको छोरा अं. बर्ष
२६/२७ को बैजु पण्डित र ऐ.ऐ. लदारी ग्रामपंचाईत ७ बस्ने बिकाउ पण्डितको छोरा अं.
बर्ष २२/२३ को कमलेश पण्डित दुवै जनालाई गाडि सहित नियन्त्रणमा लिई ई.प्र.का.
धनगढी सिरहामा ल्याई राखिएको, 0827 नं. टाटा सुमो गाडीको चालक
हाल फरार रहेको खो.त. कार्य भईरहेको ।
निम्नः-
१.
Royalstag
२०४ पिस मध्य १ पिस फुटेको अं. मुल्य रु. २,४१,५३६ बराबरको (१ पिसको
अं. मुल्य रु. १,१८४/-)
२.
Officers
choice २८७ पिस अं. मुल्य रु. ६८,८८० बराबरको (१ पिसको अं. मुल्य
रु. २४०/-)
३.
0827
नं. टाटा सुमो गाडीको अं. मुल्य रु. ७,००,००० सात लाख बराबर
जम्मा अं. मुल्य रु. १०,१०,४१६/- ( दश लाख दश हजार चार सय सोह्र)