मोटरसाईकल सहित मानिस पक्राउ
२०८०-०३-०७
- A
- A-
- A+
रौतहट, मिति २०८०/०३/०३ गते अं.१८:२१ बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ९ स्थित डुमरिया बजारको साईडमा पार्किङ गरी राखेको अबस्थामा मोहन कुमारको नाममा दर्ता रहेको ना. ४५ प. ७५५१ नम्बरको CB Shine SP कम्पनीको मोटरसाइकल चोरी भएकोमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट तत्कालै प्र.ना.उ. समेतको प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममामा जिल्ला रौतहट फतुवा विजयपुर न.पा. वडा नं. ११ शहिद बजार चोक स्थितमा जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं. १० बस्ने दशरथ साह कानुको छोरा बर्ष १९ को अर्जुन साह कानुलाई उक्त ना.४५ प.७५५१ नम्बरको CB Shine Sp कम्पनीको मोटरसाईकल सहित फेला पारी पक्राउ गरी सम्मानित रौतहट जिल्ला अदालत गौरबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई रहेको ।
बारा, मिति २०८०।०३।०६ गते अं.२१:३० बजेको समयमा जिल्ला बारा
पचरौता न.पा.२ भट्टीबैरीया बस्ने चन्देश्वर जैशवालको ना.३० प.६९५ नं.को प्लाटिना
मो.सा. आफ्नै कुखुरा फारम अगाडि राखेकोमा जि. बारा सिम्रौनगढ न.पा.१ ननसागर घाट बस्ने
छबिलाल मुखियाको छोरा वर्ष अं.२३ को अनिल मुखियाले मो.सा.को तार खुस्काई चोरी गरि
लैजाने क्रममा गाउँको मानिसले देखि निजलाई समाती राखेको भन्ने खबर ऐ.२१;३५ बजे
जानकारी प्राप्त हुना साथ प्रहरी चौकि बैरीया बाराबाट प्र.स.नि.को कमाण्डमा र ई.प्र.का.
सिम्रौनगढबाट प्र.नि.को कमाण्डमा १७ जनाको टोलि खटिगएको मो.सा. र मो.सा. चोरी
गर्ने मानिस ई.प्र.का. सिम्रौनगढ बारा तर्फ पठाएको चोरी गर्ने मानिसलाई स्थानियले
कुटपिट गरि घाईते बनाएको अवस्था मध्यम अनुहारमा चोट नगर हस्पिटल सिम्रौनगढमा उपचार
भैरहेको ।