फरार प्रतिवादी प्रकाउ
२०८०-०३-०७
- A
- A-
- A+
सिरहा, मिति २०८०।०३।०६ गते अं. १७:३० बजेको
समयमा जिल्ला सिरहा सिरहा न.पा. २२ बस्ने लक्ष्मण प्रसाद यादवको छोरा अं. वर्ष ३०
को सितेश यादव ला.औ.मुद्दाका फरार प्रतिवादीलाई २२ दिन कैद सजाय तोकिएको भनी सम्मानित सिरहा जिल्ला
अदालतको लागत नं ७१२२ र फैसला मिति २०७७।११।१७ गते पक्राउ गरी दाखिला गर्ने भनी निजहरुको नामको पत्र प्रहरी चौकी सन्हैदठामा प्राप्त हुन आएकोले निज प्रतिवादीलाई प्रहरी चौकी सन्हैठा सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले निजकै गाउँघरबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जि.प्र.का. सिरहामा बुझाएको ।
सप्तरी, मिति
२०८०।०३।०६ गते अं. १५:०० बजेको समयमा जिल्ला सप्तरी कंचनरुप न.पा. ३ खँङ टोल
बस्ने कर्तब्य ज्यान मुद्दाको लगत नं. २७३ को जरिवाना रु. ५००/- भएको फरार
प्रतिवादी अं. बर्ष ६२/६३ को भट्टि देवी खतवेलाई निजको घर वतनबाट प्र.ना.नि. को
कमाण्डमा खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालत
राजविराजमा पठाईएको साथै मिति २०८०।०३।०६ गते अं. ११:३० बजेको समयमा जिल्ला सप्तरी
तिलाठी कोइलाडी गा.पा. ०५ बस्ने विरेन्द्र साहको लागत नं. ३३४ र जरिवाना रू.५००।-
कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादीलाई प्रहरी चौकी कोबसाईन सप्तरीबाट प्र.ह. को
कमाण्डमा प्रहरी टोली खटी गई निज विरेन्द्र साहलाई पक्राउ गरी सम्मानित जिल्ला
अदालत राजविराज सप्तरीमा पठाईएको ।