फरार प्रतिबादी नियन्त्रणमा
२०८०-०३-१८
- A
- A-
- A+
१.
सप्तरी, मिति २०८०।०३।१७ गते अं.१३:३० बजेको
समयमा जिल्ला सप्तरी बोदेबर्साइन न.पा.वडा नं. ५ बर्साईन बजार बस्ने कामेश्वर
यादवको छोरा पंकज कुमार यादव ज्यान
मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी मिति २०६२।०७।२० गते, जरिवाना ३,०००।- (तिन हजार) भएकोलाई ई.प्र.का.
बोदेबर्साइन सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले निजलाई आफ्नै घरबाट
पक्राउ गरी ई.प्र.का. बोदेवर्साइनमा ल्याई आवश्यक कार्वाहीको लागि सम्मानित सप्तरी
जिल्ला अदालत राजबिराज सप्तरीमा पठाईएको र प्रहरी चौकी तिलाठी सप्तरीबाट
प्र.ना.नि. को कमाण्डमा खटिएको प्रहरी टोलिले कुटपिट लुटपिट मुद्दाको रु. १०२/७० जरिबाना तोकिएको फरार प्रतिवादी
जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा वडा नं. १ तिलाठी बस्ने बर्ष अं. ५० को दुर्गा
नन्द मिश्रलाई नियन्त्रणमा लिई आवश्यक करवाहीको लागि
जिल्ला आदालत सप्तरीमा बुझाइएको ।