प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०३-१९

  • A
  • A-
  • A+
Share


१.      सिरहा, मिति २०८०।०३।१८ गते अं.१३:०० बजेको समयमा जिल्ला सिरहा बिष्णुपुर गा.पा.५ बस्ने रामपृत महतोको छोरा अं.बर्ष ५२ को बौएलाल महतो कुटपिट मुद्दामा सम्मानित  सिरहा जिल्ला अदालतको लागत नं.१२९६, जरिवाना रू.१,७३३।- तोकिएको  फरार प्रतिवादीलाई ई.प्र.का. बिष्णुपुर सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले गाउँ घरबाट पक्राउ गरी  ई.प्र.का. बिष्णुपुर सिरहामा ल्याई सम्मानित सिरहा जिल्ला अदालतमा उपस्थितको लागी पठाउने कार्य भईरहेको ।

 

२.      सप्तरी, मिति २०८०।०३।१८ गते अ.१२:०० बजेको समयमा जिल्ला सप्तरी राजबिराज न.पा. १ बस्ने अ.बर्ष ४३ को राम प्रसाद साह, ऐ.ऐ. बस्ने राम प्रसाद साहको श्रीमती अं. बर्ष ३६ को लक्ष्ण देवी साह, ऐ.ऐ. बस्ने सुरज यादव र ऐ.ऐ. बस्ने लखेश्वर यादवको छोरा अं. बर्ष ५१ को देव किसुन यादव विभिन्न मुद्दाको फरार प्रतिवादीलाई अस्थाई प्रहरी पोष्ट राजदेवी सप्तरीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले पक्राउ गरी जिल्ला अदालत  राजबिराज सप्तरीमा बुझाएको ।

 

३.      रौतहट, मिति २०८०।०३।१८ गते अं. १४:२० बजेको समयमा जिल्ला रौतहट गढिमाई न.पा.वडा नं १ समनपुर बजार स्थित ई.प्र.का. समनपुर रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले लुटपिट मुद्दाको फरार प्रतिवादी जिल्ला रौतहट गढिमाई न.पा.वडा नं ५मदनपुर बस्ने बर्ष ५२ को देवनारायण राम चमारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ई.प्र.का.गरुडा तर्फ पठाइएको ।

सम्बन्धित समाचार