फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०३-२६
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०/०३/२५ गते अं.२०:१५ बजेको
समयमा जिल्ला रौतहट गरुडा न.पा.९ श्रीपुर स्थितमा ऐ.ऐ. बस्ने गर्भपतन मुद्दाको
फरार प्रतिवादी अं. वर्ष ६८ को इसराफिल मियालाई प्रहरी चौकी विर्ता रौतहटबाट
प्र.स.नि. को कमाण्डमा खटि गएको टोलीले ऐ.ऐ. ८ विर्ता बजारबाट नियन्त्रणमा लिइ थप
अनुसन्धान तथा आवश्यक कारवाहीको लागि ई.प्र.का.गरुडा तर्फ पठाइएको ।
२.
सप्तरी, मिति २०८०।०३।२५ गते अं.१५:००
बजेको समयमा ईलाका प्रहरी कार्यालय बिष्णुपुर र अ.प्र.पोष्ट राजदेवि सप्तरीबाट खटिएको
संयुक्त टोलीले जिल्ला सप्तरी राजबिराज
न.पा.१ बस्ने सुवास प्रसाद यादवको छोरा अं. बर्ष ३५ को सुरज यादव र जिल्ला सप्तरी
बिष्णुपुर गा.पा.२ बस्ने अं. बर्ष ५१ को बद्री यादवलाई निजको घर वतनबाट पक्राउ गरी
आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाएको ।