फरार प्रतिबादी पक्राउ
२०८०-०३-२७
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०३।२६ गते अं.०८:३०
बजेको समयमा अ.प्र.पोष्ट पक्किटोलबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ति टोलीले
सम्मानित सिरहा जिल्ला अदालतको बिगो नं. ११९९, फैसला मिति २०७९।०३।०६ गते, ६ महिना
कैद तोकिएको, लेनदेन बिगो मुद्दाको फरार प्रतिवादी जिल्ला सिरहा लहान न.पा. २४
गोबिन्दपुर बस्ने कारी दासको छोरा अं. बर्ष ५० को महेन्द्र दास तत्मालाई निजकै घर
वतनबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी ई.प्र.का. लहान पठाईएको ।
२. सप्तरी, मिति २०८०।०३।२६ गते अं. १३:०० बजेको समयमा अ.प्र.पोष्ट राजदेवि
सप्तरीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले
जि.सप्तरी राजबिराज न.पा.१ बस्ने राम बरण यादवको छोरा अं. वर्ष ३० को गुडु
यादव, लागत नं.२०९०, जरिवना रू.१,०००/- सार्वजनिक अपराध मुद्दाको फरार
प्रतिवादीलाई निजको घर वतनबाट पक्राउ गरी आवश्यक कारवहीको लागि सम्मानित जिल्ला
अदालत राजबिराज सप्तरीमा बुझाएको ।
३.
सप्तरी, मिति २०८०।०३।२६ गते १०:०० बजेको
समयमा जि. सप्तरी कंचनरुप न.पा. ६ घोघनपुर बस्ने कुटपिट मुद्दाको लगत नं. ३०२९ को
फरार प्रतिवादी अं. वर्ष ५५ की पल्टी देवीको जरिवान रु. २,६००/- र सोही लगत नं. को
फरार प्रतिवादी ऐ.ऐ. बस्ने अं. बर्ष २८ की सवित कुमारीको जरिवाना रु. ६००/-
भएकोलाई निजको घर वतनमा प्रहरी चौकी धरमपुर सप्तरीबाट प्रहरी टोलि खटि गई पक्राउ
गरी सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा बुझाईएको ।