अवैध भन्सार छली चोरी पैठारीका सामानहरु बरामद
२०८०-०३-२८
- A
- A-
- A+
सिरहा, मिति २०८०।०३।२७ गते
जिल्ला प्रहरी कार्यालय अर्न्तगतका जि.प्र.का. पर्सा, ई.प्र.का.छप्कैया, प्र.चौ. ईनर्वा,
प्रहरी चौकी बसपार्क र अस्थाई प्रहरी पोष्ट ईनर्वा गाउँटोलहरुबाट भन्सार छली चोरी
पैठारी गरी ल्याएका चोलोको थान कपडा – ५ थान, नेटको कपडा – ५ थान, सरुवालको कपडा –
१ थान, कुर्था सरवाल – २० पिस, गोल्डेन ओक - २८ पिस, विभिन्न किसिमका मोबाईल पार्ट पुर्जा - १ झोला, चिनी –
९६ के.जी, मो.सा.को ट्युव - ६२ पिस, कस्तुरी रक्सी - ५५ बोतल र थानको कपडा – ३ थान गरि जम्मा अं. मुल्य रु
१,९१,०२०।- (एक लाख एकानब्बे हजार बिस) बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको
।