पेन्डिङ मुद्दाका प्रतिवादी नियन्त्रणमा
२०८०-०३-२९
- A
- A-
- A+
धनुषा, मिति २०८०।०३।२८ गते साँझ १९:४५ बजेको समयमा जिल्ला धनुषा
लक्ष्मिनिया गा.पा.४ सपही स्थितमा ई.प्र.का. महेन्द्रनगर धनुषाबाट प्र.नि.दिपक
कुमार कार्कीको कमाण्डमा टोली खटि गई बिनोद कुमार ठाकुर बरहीको जाहेरीले वादी
नेपाल सरकार प्रतिवादी जिल्ला धनुषा लक्ष्मीनिया गाउँपालिका वडा नं. ४ बस्ने ईन्दल
यादवको छोरा अं.बर्ष ३० को संजय कुमार यादव भएको, ई.प्र.का. महेन्द्रनगर धनुषाको ७ नं. डायरीमा आ.व.०७५/०७६ सालको मु.नं. २८
मा कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता भई निज
प्रतिवादी संजय कुमार यादव भागी फरार रहेको हुँदा निज प्रतिवादी गाउँघरमा आई
लुकिछिपी बसेको भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दै जाँदा कर्तव्य ज्यान
मुद्दाका फरार प्रतिवादी संजय कुमार यादवलाई घरमा नै लुकिछिपी बसिरहेको अवस्थामा
फेला पारी पक्राउ गरी ई.प्र.का. महेन्द्रनगर धनुषाको हिरासतमा राखी अनुसन्धान
कार्य भईरहेको ।