लागू औषध सहित मानिस नियन्त्रण
२०८०-०४-०१
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०३।३१ गते अं.१८:४५ बजेको
समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ स्थित भन्सार पछाडी खटिएको
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले नेपाल भारत आवतजावत गर्ने
सवारी साधन तथा मानिसहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट
नेपालको बिरगंज बजार तर्फ आउदै गरेको ना २१ प ५६९४ नं.को मोटर साईकल माथि शंका
लागि रोकी चेकजाँच गर्दा मो.सा.चालक जिल्ला पर्सा विरगंज म.न.पा.वडा नं.१४ बस्ने
अं.वर्ष ३२ को कैशर अली अन्सारीको साथबाट लागु औषध Wincerex-T लेखिएको ७६
बोतल समेत फेला परेकोमा उक्त लागू औषध र मोटरसाईकल समेत कानून बमोजिम बरामद गरी
बरामदी मुचुल्का तयार पारी निज कैशर अली अन्सारीलाई कानून बमोजिम पक्राउ गरी
आवश्यक कारवाहीको लागी व.प्र.का.विर्ता पर्सामा पठाईएको ।
१.
महोत्तरी, मिति २०८०।०३।३१ गते अं.
१५;०० बजेको समयमा जि.
महोत्तरी सम्सी गा.पा.६ मस्जित नजिक ला.औ.ब्युरो शाखा कार्यालय जनकपुर र प्रहरी चौकि
सम्सीबाट प्र.ब.ह. को कमाण्डमा खटिएको
सयुत्त टोलिले पैदल हिडिरहेको जिल्ला
महोत्तरी लोहारपट्टी न.पा.८ बस्ने अनजी मण्डलको छोरा बर्ष अं. १८/१९ को दिपेन मण्डलको
साथबाट नाईट्रोभेट ट्याब्लेट ३६
पिस सहित निजलाई नियन्त्रणमा लिई प्रहरी
चौकि सम्सीमा ल्याई राखिएको ।
२.
सिरहा, मिति २०८०।०३।३१ गते अं. १४:१० बजेको
समयमा जिल्ला सिरहा सिरहा न.पा.१७ भन्सार कार्यालय नजिक माडर जाने नयाँ रोड स्थितं
ई.प्र.का.माडर सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्तिले भारतबाट नेपाल तर्फ
आउदै गरेको पैदल यात्रीलाई रोकी चेकजाँच गर्दा जिल्ला सिरहा कल्याणपुर न.पा.५
चिकना बस्ने सितानरायण सदाको छोरा अं. बर्ष २० को लकिन्द्र सदाको साथबाट natravet -10 लेखिएको ८ ट्याबलेट ला.औ.सहित
नियन्त्रणमा लिई जि.प्र.का.तर्फ पठाउने कार्य भईरहेको ।