नक्कली पेस्तोल देखाई स्थानीय मानिसहरूलाई डर त्रास फैलाउने २ जना मानिस पक्राउ
२०८०-०४-०२
- A
- A-
- A+
धनुषा,
मिति २०८०/०४/०१ गते अं. १४:०० बजेको समयमा महाविर चोक स्थितमा
मोटरसाईकलमा सवार २ जना व्यक्तिले हातबाट पेस्तोल देखाई स्थानीय मानिसहरुलाई
डर त्रास फैलाउँदै हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल जि.प्र.का.धनुषाबाट उक्त स्थानमा विशेष टोली खटि गई मानिसहरूलाई देखाई रहेको पेस्तोल
सहित अं. १६ बर्षको २ जना लाई नियनत्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई अनुसन्धान
गर्दै जाँदा निजहरूको हातमा रहेको पेस्तोल (नक्कली)
रहेको
र निजहरूले यो भन्दा पहिला पनि स्थानीयलाई डर त्रास देखाउने गरेको बुझिएकोमा
निजहरुको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।