बिल बिजक भन्दा बढी हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक र पिकअप नियन्त्रणमा
२०८०-०४-०२
- A
- A-
- A+
पर्सा, बिल विजक भन्दा बढी हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको माल बाहक ट्रक र
पिकअप वीरगञ्जबाट काठमाण्डौ तथा बुटवलतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई
जि.प्र.का.पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।०१ गते अं.०१:१० बजे जिल्ला
पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १५ गण्डक स्थित सडकखण्डबाट ना.५ ख ६९५९
नम्बरको मालवाहक ट्रक र प्रदेश ३-०१-०२२ च ३५५५ नम्बरको पिकअप गाडी रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी
मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू. १,४३,६४,०२२।–(एक करोड त्रिचालीस लाख चौसठ्ठी हजार वाईस) बराबरको
ट्रक, पिकअप र सो भित्र लोड रहेको लत्ताकपडाहरुलाई
नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०४।०१ गते
राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।