गोली सहित मानिस नियन्त्रणमा
२०८०-०४-०८
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०४।०७ गते अं. २१:५० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं. ८
भानुचोक स्थितमा प्रहरी चौकी बसपार्साबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको प्रहरी
चेकिङ टोलिले आवत जावत गर्ने सवारी साधन तथा पैदलयात्री हरुलाई चेकजाँच गर्ने
क्रममा दक्षिण बाट उत्तर तर्फ आउदैं गरेको पैदलयात्री लाई शंकालागी रोकी चेकजाँच
गर्न खोज्दा निजले बोकेको झोला फालि भागेको हुंदा उक्त झोला खोलि हेर्दा झोला भित्र
शर्टगनमा प्रयोग हुने गोलि राउण्ड १९ थान फेला परेकोमा निज फरार व्यक्तिको खोज
तलासको लागी जि.प्र.का. पर्साबाट प्र.नि.,
व.प्र.का. बिर्ताबाट प्र.नि र व.प्र.का. श्रीपुरबाट प्र.ब.ना.नि. समेतको प्रहरी
टोलि खटिई गई निजलाई खो.त. गर्ने क्रममा ऐ. स्थित प्रभु अस्पताल नजिकै बाट भाग्दै
गरेको अवस्थामा ऐ. २२:३० बजे फेला पारी देश भारत राज्य बिहार जिल्ला पश्चिम
चम्पारण लगुन्नाह बस्ने श्रीराम महतोको छोरा वर्ष अं. २२ को मुरारी कुमारलाई
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा पठाएको ।