फरार प्रतिवादी पक्राउ
२०८०-०४-०९
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०४।०८ गते २२:४५ बजेको समयमा
जिल्ला सिरहा कर्जन्हा न.पा. ६ बेतहा स्थितबाट सम्मानित सिरहा जिल्ला अदालतको मिति
२०८०।०४।०२ गतेको पत्रले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ आदेश जारी भएको फरार
प्रतिवादी ऐ.ऐ. बस्ने बिसुन सदाको छोरा अं. बर्ष ३० को तपसी सदालाई प्रहरी चौकी
कर्जन्हा सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले खो.त. गर्दै जाँदा
निजलाई गाँउ घरबाटै पक्राउ गरी आवश्यक कार्वाही लागि ई.प्र.का. मिर्चैया सिरहा
बुझाएको ।