स्रोत नखुलेको नगद सहित मानिस पक्राउ
२०८०-०४-१२
- A
- A-
- A+
१. धनुषा, मिति २०८०।०४।११ गते अं. ११:३० बजेको समयमा जिल्ला धनुषा जनक नन्दनी गा.पा. वडा नं. ३ महुवा ढाला स्थित ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले चेकिङ्ग गर्ने क्रममा महुवाबाट खजुरी तर्फ जाँदै गरेको प्रदेश-२-०२-००१ प २०२३ नम्बरको मो.सा.मा शंका लागी रोकी रितपुर्व चेकजाँच गर्दा मोटरसाईकल चालक ऐ. ऐ. ६ कठाल बस्ने अं. बर्ष ३५ को मिनेष कुमार यादवले पछाडि बोकेको रातो झोला भित्र स्रोत नखुलेको नेपाली रू. ४ लाख ९९ हजार (चार लाख उनान्सय हजार) मात्र फेला पारी कानुन बमोजिम बरामद गरी मो.सा., मो.सा. चालक र नगद सहित नियन्त्रणमा लिई ई.प्र.का. खजुरीमा ल्याई राखिएको तथा अन्य अनुसन्धान कार्य भईरहेको ।