जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ११ वर्ष पछि पक्राउ
२०८०-०४-१७
- A
- A-
- A+
सर्लाही,
मिति २०६६।०२।०२ गते अं.१६:०० बजेको समयमा
जिल्ला सर्लाही साबिक बरहथवा गा.वि.स. वडा नं. ७ स्थितमा जाहेरवालाको वर्ष
६ कि नाबालिक छोरीलाई जिल्ला सर्लाही साबिक बरहथवा गा.बि.स.वडा नं. ७ बस्ने राज
किशोर पंडितको छोरा उदय कुमार पंडित कुम्हारले जवरजस्ती करणी गरी भागी फरार भएकोमा
उक्त जबरजस्ती करणी मुद्दामा सम्मानित सर्लाही जिल्ला अदालतको मिति २०७९।०३।३१
गतेको फैसलाले निज प्रतिवादी उदय पंडित कुम्हारलाई १२ वर्ष कैद र रु. ५०,०००/- (पचास
हजार) क्षतिपुर्ती तोकी फैसला भई फरार रहेकोमा जि.प्र.का. सर्लाही तथा जि.प्र.का.
मातहत समेतको प्रहरी टोलीले निज प्रतिवादीलाई खोज तलाश गर्दै जाने क्रममा मिति
२०८०।०४।१४ गते निज आफ्नो गाँउमा लुकी छिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरी
निज प्रतिवादी उदय पंडित कुम्हारलाई सम्मानित सर्लाही जिल्ला अदालतमा पेश गरिएकोमा
निज प्रतिवादीलाई उक्त सजाय भुक्तानको
लागी कारागार कार्यालय सिन्धुली पठाईएको ।