लागु औषध सहित मानिस नियन्त्रण
२०८०-०४-१८
- A
- A-
- A+
सर्लाही, मिति २०८०।०४।१७ गते अं. १९:१० बजेको
समयमा जिल्ला सर्लाही मलंगवा न.पा. ८ स्थित प्रहरी चौकी गोरखकाली सर्लाहीबाट
प्र.स.नि. बिनोद बहादुर थापाको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा
भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला सर्लाही हरिपुर न.पा. २ बस्ने
दिपलाल रायको छोरा अं. वर्ष २१ को राजेन्द्र रायको साथबाट Cododex Syrup- १ बोतल, WOCKHARDT Tablet- २ पिस, NIZACARE-10 Tablet- २ पिस फेला पारी उक्त ला.औ. सहित मानिस
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाहीमा बुझाईएको ।
प्र.चौ. ब्रहम्पुरी सर्लाही
सप्तरी, मिति
२०८०।०४।१७ गते अं.२२:४५ बजेको समयमा जिल्ला सप्तरी सुरुङ्गा न.पा.४ कदमाहा चौक देखि गाईघाट जाने बाटोमा ई.प्र.का.कडरबोना
सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटीएको गाडि मोबाईल टोलि गस्ती गरी रहेको देखी
पैदल हिडी रहेका पैदल यात्री जिल्ला उदयपुर त्रियुगा न.पा.११ बरुवाटार बस्ने छोरा
अं. वर्ष १९ को बिशाल राई आफुले बोकेको कालो प्लाष्टिकको झोला फाली भाग्न लागेको
बेला प्रहरी टोलीले पक्राउ गरी Diazepam Injection Ip 2ml लेखिएको
४८ पिस, Buprenorphine Injection Ip 2ml लेखिएको ४७ पिस र Phenergan
Injection Ip 2ml लेखिएको ४८ पिस लागू औषध बरामद गरी ,आवश्यक
अनुसन्धानको लागि ई.प्र.का.कडरबोना सप्तरीमामा ल्याई राखी, आवश्यक अनुसन्धान कार्य
भई रहेको ।