प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०४-२१

  • A
  • A-
  • A+
Share


सिरहा, मिति २०८०।०४।२० गते अं. १५;०० बजेको समयमा जिल्ला सिरहा औरही गा.पा. १ कुन्डलपुर स्थितमा हात हतियार तथा खर खरजाना मुद्धाको वारदात पश्चात फरार रहेका फरार प्रतिवादी  ऐ.ऐ. बस्ने नथुनी मण्डलको छोरा अं.बर्ष ५० को हरी गोबिन्द यादव गाउँ घरमै लुकी छिपि रहेको भन्ने सुचनाको आधारमा प्रहरी चौकी हर्कट्टी सिरहाबाट प्र.स.नि. को गस्ति टोलीले निजलाई  पक्राउ गरी आवश्यक कारबाही को लागी  जि.प्र.का. सिरहा बुझाइएको र निज लाई पक्राउ गर्ने क्रममा प्र.स.नि. लाई हातपात गर्दा  दाहिने हात र टाउकोमा सामान्य चोट लागी उपचार पश्चात कार्यालयमा रहेको ।

सम्बन्धित समाचार
लागु औषध र मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८०-०६-१०

सर्लाही, मिति २०८०।०६।०९ अं. ०५:४५ बजेको समयमा जि.सर्लाही बलरा न.पा. ७ स्थित  मधुबनी बरहथवा सडक खण्डमा ई.प्र.का. गडहिया सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले डुमरियाबाट रोहुवा तर्फ जाँदै गरेको BR30H8326 नं. को मो.सा.लाई चेक जाँच गर्दा उक्त मो.सा. चालक र पछाडी सवार  निम्न स्थान बस्ने  निम्न ला.औ. फेला पारी नियन्त्रणमा लिई ला.औ.र मो.सा. सहित  ३ जना मानिसहरुलाई ई.प्र.का. गडहिया सर्लाहीमा ल्याई राखिएको ।निम्न:१) मो.सा. चालक ऐ.ऐ. बस्ने अं. वर्ष २४ को अंकित सिंहको साथबाट केही फेला नपरेको ।२) सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष २१ को सौरभ महराको साथबाट नाइट्रोजेपाम ८ पिस र १ सानो पुरिया गाँजा फेला परेको । ३)  सोही मो.सा. मा पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष ३० को सुमित रंजन सिंहको साथबाट १ सानो पुरिया गांजा फेला परेको ।

भन्सार छलीका सामान पक्राउ
२०८०-०६-१०

१.      सिरहा, मिति २०८०।०६।०९ गते अं. २०:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोक देखि पश्‍चिम सडकको किनारमा बोरामा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको खुद्रा सामानहरु अं. मु. रू. ३,८७,६५०/- (तीन लाख सतासी हजार छ सय पचास) बराबरको सामानहरु तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र ई.प्र.का. मिर्चैयाबाट QRT प्र.ह. को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी रित पुर्वक बरामद गरी ई.प्र.का. मिर्चैयामा ल्याई राखेको ।  २.      सिरहा, मिति २०८०।०६।०९ गते अं.१०:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ स्थित पूर्व पश्चिम लोकमार्गमा ई.प्र.का. गोलबजार सिरहाबाट प्र.नि. को कमाण्डमा सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मो.सा. रोक्न खोज्दा मो.सा.र झोला छाडी मो.सा.चालक भागी फरार भएकोले तत्काल झोला सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा झोला भित्र भन्सार छली ल्याएको निम्न मुल्य बराबरको मोवाईल थान -१८ र उक्त मो.सा.समेत नियन्त्रणमा लिई सशस्त्र प्रहरी बेस गोलबजार मार्फत उक्त समान भन्सार पठाउने कार्य भईरहेको ।निम्न सामानहरुः-१. रेडमी मोवाईल 12C-४ थानको प्रतिगोटा १४,०००।–को दरले अं.मु.रु.५६,०००।–२. रेडमी मोवाईल A2-१० थानको प्रतिगोटा १२,०००।– को दरले अं.मु.रु.१,२०,०००।–३. स्मार्ट मोवाईल HD-४ थानको प्रतिगोटा १४,५००।– को दरले अं.मु.रु.५८,०००।– ४. नम्बर पलेट नभएको यामाहा कम्पनिको MT 15,च्यासिस नं.-MEIRG6866P0006797, ईन्जिन नं.-G3N4E0512176 को मो.सा.को अं.मु.रु.२,५०,०००।–  गरी जम्मा अं.मु.रु.४,८४,०००।–

युरिया मल नियन्त्रणमा
२०८०-०६-०९

सर्लाही, मिति २०८०।०६।०८ गते अ. १६:४५ बजे जिल्ला सर्लाही हरिवन न.पा. ११ स्थितमा रहेको सानिमा बैंक अगाडि खाली जग्गामा ना ३ च ८०२९ नं. को बलेरो पिकअप गाडीमा भन्सार छली चोरी निकासी, पैठारी गरी ल्याएको युरिया मल छ भन्ने बिशेष सुचनाको आधारमा ई.प्र.का. हरिवन सर्लाहीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली ऐ. १७:०० बजे उक्त स्थानमा पुगि हेर्दा उक्त गाडीमा (प्रति बोरा ४५ के.जि.) को दरले ५१ बोरा युरिया मल फेला परेकोले उक्त नम्बरको गाडी र मलधनी जिल्ला रौतहट चन्द्रपुर न.पा. ६ बस्ने अं. वर्ष ४८ को राज किशोर साह समेतलाई नियन्त्रणमा लिई थप अनसन्धान कार्य भई रहेको, गाडी चालक फरार रहेको ।