फरार प्रतिवादि पक्राउ
२०८०-०४-२३
- A
- A-
- A+
रौतहट, मिति २०८०।०४।२२ गते अं.१५:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय राजपुर, रौतहटबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले सम्मानित रौतहट जिल्ला अदालतबाट तोकिएको सवारी ज्यान मुद्दाको ६ महिना कैद तोकिएको फरार प्रतिवादी मनोज पंडित र जुवा मुद्दाको रु.२००/- जरिवाना तोकिएको मुण्डार खानलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत रौतहट गौर तर्फ पठाइएको ।
२. धनुषा, मिति २०८०/०४/२२ गते अं.१२:३० बजेको समयमा कुटपिट अंगभंग कसुर चालु मुद्दाको फरार प्रतिवादी जिल्ला धनुषा लक्ष्मिनिया गा.पा.२ बस्ने राम चलितर यादवको छोरा अं.वर्ष ४५ को राकेश यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा-७ जनाको टोलि खटि गई निजलाई निजको घरबाट नियन्त्रणमा लिई ई.प्र.का.महेन्द्रनगरमा ल्याई राखिएको ।
३. सप्तरी, मिति २०८०/०४/२२ गते अं. ११:३० बजेको समयमा जिल्ला सप्तरी छिन्नमस्ता गाउँपालिका वडा नं ५ बस्ने लगत नं. २०८४ भएको कर्तव्य ज्यान मार्ने मुद्दाको फरार प्रतिवादी बिन्दा सदाको छोरा अं. वर्ष ३४ को श्रवण सदालाई प्र.ना.नि. को कमाण्डमा टोली खटिगई निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाइएको साथै जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ बस्ने विभिन्न मुद्दाको हनुमाननगर कंकालिनी न.पा. ३ पोर्ताहा बस्ने फलेश्वरी चमार, ऐ.ऐ. १ बस्ने शिव कुमार माझी र ऐ.ऐ. १ बस्ने शोभानन्द कुमार यादवलाई इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट प्र.स.नि.को कमाण्डमा खटिगएको टोलीले नियन्त्रणमा लिई सम्मानित सप्तरी जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाई तोकिईएको लागत कट्टा गराई छाडिएको ।
१.