चाँदी जस्तो देखिने धातु बरामद
२०८०-०४-२३
- A
- A-
- A+
१. सप्तरी, मिति २०८०।०४।२२ गते अं. ०७:३० बजेको समयमा जिल्ला सप्तरी राजबिराज न.पा १५ देउरी भरुवा स्थित जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्रदेश १-०१-१३ प ३४३० नं.को मो.सा.लाई रोकी चेक जाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला पाँचथर मिक्लाजुङ गा.पा. ४ बस्ने कृष्ण बहादुर गहतराजको छोरा अं. बर्ष ३० को सरोज गहतराजले बोकेको झोला भित्र चाँदी जस्तो देखिने धातु ९ किलो ६७० ग्राम फेला पारी मोटरसाईकल र मो.सा. चालक सहित नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा ल्याई राखिएकोमा आवश्यक कारबाहीको लागी प्र.स.नि को जिम्मा लगाई आन्तरिक राजस्व कार्यालय ईटहरी सुनसरीमा पठाईएको ।