प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-०४-२४

  • A
  • A-
  • A+
Share


१.      रौतहट, मिति २०८०।०४।२३ गते अं. ११:३० बजेको समयमा जिल्ला रौतहट गौर न.पा. ४ स्थित बसपार्कको गेटमा सिभिल टोली र प्र.स.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकिङ् गर्ने क्रममा BR05U 8885 न.को मो.सा.मा सवार व्यक्ति जिल्ला रौतहट राजपुर न.पा.२ फतुवा महेशपुर बस्ने ईजरायल मियाको छोरा बर्ष ३२ को नजिर आलम २०७३ सालको चोरी मुद्दामा धरौटी रू. ७०,०००/- नतिरेको र मो.सा. पनि चोरीको रहेको बुझ्न आएकोले निजलाई अस्थाई पोष्ट बसपार्क रौतहटमा ल्याई आवश्यक कारवाहीको लागि जि.प्र.का.रौतहटमा पठाईएको ।

 

२.      रौतहट, मिति २०८०।०४।२३ गते अ.१३:०० बजेको समयमा जिल्ला रौतहट कटहरिया न.पा. एरिया भित्र रहेको किर्ते,जलसाजी, गालि बेईजति मुद्दाको फरार प्रतिवादीहरु २६ जना लाई सम्पर्कमा ल्याई निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित रौतहट जिल्ला अदालत गौर रौतहटमा पठाईएको ।

 

३.      रौतहट, मिति २०८०/०४/२३ गते जिल्ला रौतहट गढीमाई न.पा. वडा नं. १ बस्ने अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी रामनारायण यादवको छोरा अं.वर्ष २५ को बाल किशोर यादवलाई ई.प्र.का. गरुडा रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिगएको टोलीले निजको घर नजिकैबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

 

४.      धनुषा, मिति २०८०।०४।२३ गते अं. २१:२० बजेको समयमा आ.व. २०७९।२०८० को मुद्दा नं.१४२ अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा क्षिरेश्‍वरनाथ न.पा. वडा नं.१ रमदैया बस्ने बलदेव यादवको छोरा अं.बर्ष २८ को रूपेश कुमार यादव आफ्नै घरमा लुकी छिपी बसिरहेको छ भने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली खटि गई नियन्त्रणमा लिई ई.प्र.का.महेन्द्रनगरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

५.      सिरहा, मिति २०८०।०४।२३ गते अ. १५:३० बजेको समयमा विभिन्न मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट जरीवाना भई फरार रहेको जिल्ला सिरहा बिष्णुपुर गा.पा.३ बस्ने मंगला भन्ने दिपेन्द्र कुमार यादव, ऐ. ऐ. बस्ने बिहारी महतो कोईरी, ऐ. ऐ. बस्ने नेपुरवती कोईरीन र ऐ. ऐ. बस्ने रामअवतार महतोलाई नियन्त्रणमा लिई ई.प्र.का.विष्णुपुर सिरहामा ल्याई फैसला कार्यन्वयनको लागी सम्मानित सिरहा जिल्ला अदालत सिरहा पठाईएको ।

सम्बन्धित समाचार
लागु औषध र मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८०-०६-१०

सर्लाही, मिति २०८०।०६।०९ अं. ०५:४५ बजेको समयमा जि.सर्लाही बलरा न.पा. ७ स्थित  मधुबनी बरहथवा सडक खण्डमा ई.प्र.का. गडहिया सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले डुमरियाबाट रोहुवा तर्फ जाँदै गरेको BR30H8326 नं. को मो.सा.लाई चेक जाँच गर्दा उक्त मो.सा. चालक र पछाडी सवार  निम्न स्थान बस्ने  निम्न ला.औ. फेला पारी नियन्त्रणमा लिई ला.औ.र मो.सा. सहित  ३ जना मानिसहरुलाई ई.प्र.का. गडहिया सर्लाहीमा ल्याई राखिएको ।निम्न:१) मो.सा. चालक ऐ.ऐ. बस्ने अं. वर्ष २४ को अंकित सिंहको साथबाट केही फेला नपरेको ।२) सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष २१ को सौरभ महराको साथबाट नाइट्रोजेपाम ८ पिस र १ सानो पुरिया गाँजा फेला परेको । ३)  सोही मो.सा. मा पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष ३० को सुमित रंजन सिंहको साथबाट १ सानो पुरिया गांजा फेला परेको ।

भन्सार छलीका सामान पक्राउ
२०८०-०६-१०

१.      सिरहा, मिति २०८०।०६।०९ गते अं. २०:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोक देखि पश्‍चिम सडकको किनारमा बोरामा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको खुद्रा सामानहरु अं. मु. रू. ३,८७,६५०/- (तीन लाख सतासी हजार छ सय पचास) बराबरको सामानहरु तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र ई.प्र.का. मिर्चैयाबाट QRT प्र.ह. को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी रित पुर्वक बरामद गरी ई.प्र.का. मिर्चैयामा ल्याई राखेको ।  २.      सिरहा, मिति २०८०।०६।०९ गते अं.१०:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ स्थित पूर्व पश्चिम लोकमार्गमा ई.प्र.का. गोलबजार सिरहाबाट प्र.नि. को कमाण्डमा सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मो.सा. रोक्न खोज्दा मो.सा.र झोला छाडी मो.सा.चालक भागी फरार भएकोले तत्काल झोला सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा झोला भित्र भन्सार छली ल्याएको निम्न मुल्य बराबरको मोवाईल थान -१८ र उक्त मो.सा.समेत नियन्त्रणमा लिई सशस्त्र प्रहरी बेस गोलबजार मार्फत उक्त समान भन्सार पठाउने कार्य भईरहेको ।निम्न सामानहरुः-१. रेडमी मोवाईल 12C-४ थानको प्रतिगोटा १४,०००।–को दरले अं.मु.रु.५६,०००।–२. रेडमी मोवाईल A2-१० थानको प्रतिगोटा १२,०००।– को दरले अं.मु.रु.१,२०,०००।–३. स्मार्ट मोवाईल HD-४ थानको प्रतिगोटा १४,५००।– को दरले अं.मु.रु.५८,०००।– ४. नम्बर पलेट नभएको यामाहा कम्पनिको MT 15,च्यासिस नं.-MEIRG6866P0006797, ईन्जिन नं.-G3N4E0512176 को मो.सा.को अं.मु.रु.२,५०,०००।–  गरी जम्मा अं.मु.रु.४,८४,०००।–

युरिया मल नियन्त्रणमा
२०८०-०६-०९

सर्लाही, मिति २०८०।०६।०८ गते अ. १६:४५ बजे जिल्ला सर्लाही हरिवन न.पा. ११ स्थितमा रहेको सानिमा बैंक अगाडि खाली जग्गामा ना ३ च ८०२९ नं. को बलेरो पिकअप गाडीमा भन्सार छली चोरी निकासी, पैठारी गरी ल्याएको युरिया मल छ भन्ने बिशेष सुचनाको आधारमा ई.प्र.का. हरिवन सर्लाहीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली ऐ. १७:०० बजे उक्त स्थानमा पुगि हेर्दा उक्त गाडीमा (प्रति बोरा ४५ के.जि.) को दरले ५१ बोरा युरिया मल फेला परेकोले उक्त नम्बरको गाडी र मलधनी जिल्ला रौतहट चन्द्रपुर न.पा. ६ बस्ने अं. वर्ष ४८ को राज किशोर साह समेतलाई नियन्त्रणमा लिई थप अनसन्धान कार्य भई रहेको, गाडी चालक फरार रहेको ।