भन्सार छली भण्डारण गरी राखेको चकलेटहरू बरामद
२०८०-०४-२५
- A
- A-
- A+
पर्सा, मिति २०८०।०४।२४
गते अं.१२:३० बजेको समयमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्र्याइएका
विभिन्न ब्राण्डका चक्लेटहरू जिल्ला पर्सा वीरञ्ज महानगरपालिका वडा नं.७
कुम्हालटोल स्थितमा घरकोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरेको भन्ने विशेष
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ७४ कार्टुन अं.मू. रू.४,४९,०४०।–
(चार लाख उनन्पचास हजार चालीस रुपैयाँ) बराबरको विभिन्न किसिमका चक्लेटहरू बरामद
गरी थप अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज
भन्सार कार्यालयमा बुझाइएको ।