बाबुको हत्या आरोपमा छोरा पक्राउ
२०८०-०४-२८
- A
- A-
- A+
बारा, मिति २०८०।०४।२६
गते अं. १२:४५ बजेको समयमा जिल्ला बारा, जितपुर सिमरा उ.म.न.पा.१६
टांगिया बस्तिमा अं. बर्ष ९० को माईत सिं घलानको हत्या भएको भन्ने खबर प्राप्त हुनासाथ
ईलाका प्रहरी कार्यालय निजगढबाट प्र.नि. को कमाण्डमा घट्नास्थलमा टोली खटिएको, प्रारम्भिक
अनुसन्धानमा घरायासी विवादको कारणले घटना घटेको भन्ने बुझिएकोले निजकै छोरा अं. बर्ष
६० को दिल बहादुर घलानलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य अगाडि बढाईएको ।