चोरी भएका मोटरसाईकलहरु सहित मानिसहरु नियन्त्रणमा
२०८०-०४-२९
- A
- A-
- A+
सिरहा, जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. २ खोक्सी टोल स्थितबाट मिति २०८०।०४।२६ गते ऐ. बस्ने शम्भु साह सुडीले पार्किङ गरी राखिएको स. १० प. २४५९ नम्बरको मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ८ कसाह टोल बस्ने जिवछ यादवको छोरा बर्ष १९ को रतन कुमार यादवलाई पछ्याउँदै जाँदा औरही गाउँपालिका वडा नं. ५ बाट नियन्त्रमा लिएको ।
जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ४ बाट
मिति २०८०।०४।२० गते जगरनाथ दासको स.८प. ८२१२ नं.को कालो रंगको पल्सर मोटरसाईकल
चोरी भएकोमा मोटरसाईकल खोजी गर्दै जाँदा ऐ.ऐ. बस्ने बर्ष २० को धिरज कुमार यादवलाई
ईलाका प्रहरी कार्यालय महेसपुर पतार तथा मातहतसमेतबाट खटिएको प्रहरी टोलीले औरही
गाउँपालिका वडा नं. ५ बाट मोटरसाईकल सहित नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला
अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको
।