ठगी मुद्दाको फरार प्रतिबादी पक्राउ
२०८०-०४-३०
- A
- A-
- A+
धनुषा, मिति२०८०।०४।२९
गते अं. १०:०० बजेको समयमा जिल्ला धनुषा मिथिला न.पा. ६ ढल्केबर बजार स्थितमा ई.प्र.का.
ढल्केवरबाट खटिएको प्र.नि. को कमाण्डमा खटिएको टोलिले जिल्ला महोत्तरी पशुपतिनगर गा.बि.स. वडा नं २
हाल बर्दिवास न.पा ९ बस्ने सुबोध सिंहको छोरा बर्ष अं. ४५/४६ को देव नारायण सिंहलाई
धनुषा जिल्ला अदालतको मुद्दा नम्बर ०७६-C१-०२५१ मिति २०७५।०९।१८ गते ठगी मुद्दामा पक्राउ
पुर्जी जारी भई (फैसला हुन बांकी) फरार रहेकोमा निजलाई पक्राउ गरी ई.प्र.का.
ढल्केवरमा ल्याई आवश्यक कारबाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत पठाउने कार्य
भई रहेको ।