फरार प्रतिवादी पक्राउ
२०८०-०४-३१
- A
- A-
- A+
रौतहट, विभिन्न अपराधका फरार अपराधि पक्राउ गर्ने योजना अनुरुप जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जिल्ला रौतहट राजपुर न.पा.वडा नं. ०५ राजपुरफरहदवा टोल बस्ने रामआयोध्या साहको छोरा अं. बर्ष ३८ को रंजीत साह तेलीलाई मिति २०८०।०४।२८ गते अं. १८:३० बजेको समयमा जिल्ला रौतहट राजपुर न.पा.वडा नं. ०५ स्थित निजको होटेलबाट पक्राउ गरि सम्मानित जिल्ला अदालतमा उपस्थित गराईएको छ ।