अपराधिक विश्वासघात र चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा दशी सहित संलग्न व्यक्तिहरु पक्राउ
२०८०-०४-३१
- A
- A-
- A+
मिति
२०८०।०४।१४ गतेका दिन अशोक बिनायक ट्रान्सपोर्ट कम्पनी मार्फत ४२० बोरा युरिया मल
(खाद) कृषि सामाग्री कम्पनी लिमिटेड विरगंजबाट शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहट
ल्याउनको लागी ना.६ ख. ९१९२ नम्बरको ट्रकमा लोड गरी पठाएकोमा समयमा नै उक्त मल
(खाद) चन्द्रनिगाहपुर रौतहटमा नपुर्याएपछी सो ट्रकका चालक वर्ष २८ को हरिकान्त
पासवानलाई सम्पर्क गर्दा जिल्ला रौतहट गुजरा न.पा.वडा.नं. २ स्थित मैरा कटानीको
जंगल नजिकमा ट्रक विग्रिएकोले ट्रक बनि सकेपछि चाडै पुर्याई दिन्छु भनेकोमा निज
चालकले उक्त मल (खाद) ऐ. मिति २०८०।०४।२६ गते सम्म पनि सम्बन्धित स्थानमा नपुर्याई
सम्पर्क बिहिन भएको भन्ने व्यहोराको सुचना प्राप्त पश्चात उक्त घटनाको ई.प्र.का.
चन्द्रनिगाहपुरबाट अनुसन्धान गर्ने क्रममा निम्न दशि समान सहित निम्न
अभियुक्तहरुलाई पक्राउ गरि अपराधिक विश्वासघात र चोरी तथा डाँका सम्बन्धि कसुरमा
सम्मानित जिल्ला अदालतबाट म्याद थप भइ थप अनुसन्धान कार्य भईरहेको ।
निम्न:-
पक्राउ अभियुक्तको बिवरण:-
वतन- जि. रौतहट गुजरा न.पा. वडा. नं.२ कटानी
उमेर- ३० वर्ष ।
१) नामथर- छोटेलाल बैठा
वतन- जि.रौतहट चन्द्रपुर न.पा. वडा. नं. १० बालचनपुर
उमेर- २१ बर्ष
२) नामथर- मुकेश महतो
३) नामथर- लक्ष्मण चौधरी
वतन- जि. रौतहट चन्द्रपुर न.पा. वडा नं.९ डुमरिया
उमेर- ५० वर्ष
४) नामथर- कृष्ण चौधरी
वतन- जि.रौतहट गुजरा न.पा.वडा. नं.९ सिमरा भवानिपुर
उमेर-४२ बर्ष
५) नामथर- हरिकान्त पासवान
वतन- जि. रौतहट बृन्दावन न.पा.वडा. नं. ६ कमलपट्टी
उमेर-२८
१) जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ९ बाट ना ३ त २१८०
नम्बरको सोनालिका ट्रयाक्टर
२) जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ९ डुमरियाबाट नम्बर प्लेट
Ontest रहेको Icher कम्पनिको ट्रयाक्टर
३) युरिया मलखाद १०२ बोरा
बरामद भएको दसीसमानहरु
४) जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ४ स्थितबाट ना. ६ ख. ९१९२ नम्बरको ट्रक