ट्रक सहीत सामान नियन्त्रणमा
२०८०-०४-३१
- A
- A-
- A+
१.
बारा, मिति २०८०/०४/३० गते अं.२२:३० बजेको
समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-०१ स्थित तिनकुने चौकमा प्र.ब.ना.नि को कमाण्डमा खटीएको चेकिङ टोलीले बिशेष सुचनाको
आधारमा विरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ३ ख ७३४२ नं.को डिब्बा ट्रकलाई
रोकी चेकजाँच गर्दा विलविजक भन्दा बढीको बिभिन्न किसिमको खुद्रा सामानहरु रहेको
तथा विल नेपाली रहेको तर कपडा बिदेशी (ERKE) कम्पनिको रहेकोले जम्मा
अं.मुल्य १,२३,९३,९५७/- ( एक करोड तेईस लाख तिरानब्बे हजार पाँच सय सन्ताउन्न रुपैयाँ) बराबरको खुद्रा
सामानहरु सहीत ट्रक प्र.चौ पथलैया बाराको नियन्त्रणमा ल्याई राखेको, ट्रक चालक जि.रौतहट बौदीमाई न.पा.-०२ ईनर्वा बस्ने अं.बर्ष ४० को दिपेन्द्र प्रसाद पटेल प्र.चौ
पथलैया बाराको सम्पर्कमा रहेको ।