फरार प्रतिवादी पक्राउ
२०८०-०५-०४
- A
- A-
- A+
१.
सप्तरी, मिति २०८०।०५।०३ गते अ.११:२५ बजेको समयमा जिल्ला सप्तरी साविक मानराजा गा.वि.स. वडा न.९ हाल
बोदेबर्साईन न.पा.७ बस्ने प्रेम दासको नाति वालेशवर दासको छोरा अ.बर्ष ३६ को घुरन
दास नागरिक्ता सम्बन्धी मुद्दाका, लगत न.२८२०, मुद्दा न.२५२, जरिवाना रु.५०,०००।-
(पचास हजार मात्र) भएका फरार प्रतिवादीलाई इ.प्र.का. बोदेबर्साईन, सप्तरीबाट प्र.ब.ह. को कमाण्डमा खटिएको टोलीले निजलाई आफ्नै घरबाट पक्राउ
गरी इ.प्र.का. बोदेबर्साईन, सप्तरीमा ल्याई आवश्यक
कार्वाहीको लागि सम्मानित सप्तरी जिल्ला अदालत सप्तरी राजविराजमा बुझाएको ।