प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छलीका सामान सहित मानिस नियन्त्रणमा

२०८०-०५-०६

  • A
  • A-
  • A+
Share

१.      रौतहट, मिति २०८०।०५।०५ गते अं. १०:३० बजेको समयमा जिल्ला रौतहट राजदेवी न.पा. वडा नं. ८ स्थित जि.प्र.का. रौतहटबाट खटिगएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी चामल १४ बोरा ना.१ ह. १५९० र ना.१ ह. ७८९७ नं.को अटोमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले फेला पारी ई. रिक्सा २ वटा, चामल १४ बोरा गरी जिल्ला रौहतट राजदेवी न.पा. ८ बस्ने बर्ष अं. बर्ष २२ को उमाकान्त गुप्ता र ऐ.ऐ. बस्ने अं. बर्ष २५ को राम बिनय मुखियालाई नियन्त्रणमा लिई अटो र चामल अं. मुल्य रु.४,२४,८००/- बराबरको स्थानिय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहट पठाईएको ।

 

२.      सर्लाही, मिति २०८०।०५।०५ गते अं.१९;४५ बजेको समयमा जि.प्र.का. सर्लाही तथा मातहत प्रहरी कार्यालयहरुले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको निम्न सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको ।

निम्न:

१.      जिल्ला सर्लाही ब्रहम्पुरी गा.पा. ६ स्थित प्र.चौ. त्रिभुवननगरबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले BR06AJ 0942 नं. मो.सा. मा चिनी- अं. ८० के.जि., खाने तेल-५३ लिटर उक्त मो.सा. समेत गरी जम्मा अं.मु.रु. ५७,०००।- बराबरको समान नियन्त्रणमा लिई प्र.चौ. त्रिभुवननगरमा ल्याई राखिएको ।

२.      जि.सर्लाही ब्रहम्पुरी गा.पा. २ स्थित प्र.चौ. ब्रहम्पुरीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले ना ५ ख ८३१० नं. बसलाई चेकजाँच गर्दा भन्सार छली  लुकाई छिपाई ल्याउँदै गरेको स्प्रिङ क्वायल-५ थान, कलको हेड-४, पलंजर रड-१० थान, कलको वासर- ६० पिस, तराजु- ४ थान गरि अं.मु.रु. १७,००० ।- बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको बस आफ्नो गनतव्य तर्फ गएको ।

३.      जि.सर्लाही पर्सा गा.पा. १ स्थित ई.प्र.का. संग्राम्पुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले प्रदेश-२-०२-००१ प ५३६० नं., र बा २८ प २२७८ नं. को मो.सा. हरुमा मोबिल- ६० पिस, मोटरसाईकलको हेड लाईट-३ पिस, मो.सा.को अन्य पार्टपुर्जाहरु - १ कार्टुन, दुवै मो.सा. र दुई() जना मानिस समेत गरि जम्मा अं.मु.रु. ,९७,५०० ।- बराबरको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सर्लाहीमा बुझाईएको ।

४.      जि.सर्लाही बलरा न.पा. ३ स्थित ई.प्र.का. बलराबाट प्र..ना.नि.को टोली र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्र... आमोद चौधरीको कमाण्डमा खटिएको संयुक्त टोलीले BR05T 2868, BR30Z 4803,BR05AB 7176 नं.को मो.सा. मा चिनी-३ बोरा, मैदा-१ बोरा, धनिया-१ बोरा, पुजा गर्ने धुप-१ बोरा, दाल-१बोरा, कुरकुरे-१ बोरा, बिस्कुट/सेम्पु- १बोरा गरि अं.मु.रु. १,४०,०००/-  बराबरको सामान नियन्त्रणमा लिई ई.प्र.का. बलरामा ल्याई राखेको ।

 

 

३.      सप्तरी,  मिति २०८०।०।०५ गते अं.१७:०० बजेको समयमा जि.सप्तरी बोदेबर्साईन न.पा. वडा न. ३ कुसमहार  स्थितमा ई.प्र.का. बोदेबर्साईन सप्तरीबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ भन्सार छली गरी को १ च ६९९० न.को स्कारपियोमा चालक जि.सप्तरी हनुमाननगर कंकालिनी न.पा. वडा न. १ भारदह बस्ने राममेश्वर दासको छोरा अ. वर्ष ३५ को दिपेन्द्र कुमार दासले गाडिमा कस्मेटिक सामान ल्याउदै गरेको अवस्थामा निम्न अनुसारको कस्मेटिक सामान, को. १ च. ६९९०नं.को  गाडी र दिपेन्द्र कुमार दास समेतलाई नियन्त्रणमा लिई ई.प्र.का. बोदेबर्साईन सप्तरीमा ल्याई राखिएको ।

निम्नः-

लेडिज ब्रा १७० पिस, सारिको फल्स ६० पिस, चस्मा १०० पिस, रुमाल ९२ पिस, लेडिज भेष्ट ३६ पिस, सिन्दुर ४१४ पिस, हातमा लगाउने चुडा १२८ पिस, पोन्स क्रिम १०४ पिस, गाला सेट ६ पिस, कपाल बान्ने फुल २८ पिस, प्लास्टिकको वायर २० पिस, प्लाष्टिकको फुल ५४ प्याकेट, प्लाष्टिको पाईप ७० प्याकेट, झुम्का १३ प्याकेट, लेस ५ प्याकेट, मोति १ प्याकेट, माला ३ पिस, अङगुठ्ठी १९२ पिस, कपालमा लगाउने चिम्टी ४५ पता, घाँटिमा लगाउने सिक्री ४८ पिस, कानको टप ५०४ पिस, कानको बाली ४५ वटा, कानको झुम्का ६ पिस, प्लास्टिकको रिङ ६ पिस, रङ १३ प्याकेट, प्लाष्टिकको जाली ५० पिस, चालक जि.सप्तरी हनुमाननगर कंकालनि न.पा. वडा न. १ भारदह बस्ने रामेश्वर दासको छोरा अ.बर्ष ३५ को दिपेन्द्र कुमार दास समेत को. १ च. ६९९० न.को स्कारपिओ चे.MA1TA2BDC32A98625, ई. B0B4A39454 थान -१ अ.मु.रु. ७,००,०००।-  (सात लाख मात्र) जम्मा अ. मु. रु. ८,०८,७००/- (आठ लाख आठ हजार सात सय रुपैयाँ)

सम्बन्धित समाचार
लागु औषध र मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८०-०६-१०

सर्लाही, मिति २०८०।०६।०९ अं. ०५:४५ बजेको समयमा जि.सर्लाही बलरा न.पा. ७ स्थित  मधुबनी बरहथवा सडक खण्डमा ई.प्र.का. गडहिया सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले डुमरियाबाट रोहुवा तर्फ जाँदै गरेको BR30H8326 नं. को मो.सा.लाई चेक जाँच गर्दा उक्त मो.सा. चालक र पछाडी सवार  निम्न स्थान बस्ने  निम्न ला.औ. फेला पारी नियन्त्रणमा लिई ला.औ.र मो.सा. सहित  ३ जना मानिसहरुलाई ई.प्र.का. गडहिया सर्लाहीमा ल्याई राखिएको ।निम्न:१) मो.सा. चालक ऐ.ऐ. बस्ने अं. वर्ष २४ को अंकित सिंहको साथबाट केही फेला नपरेको ।२) सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष २१ को सौरभ महराको साथबाट नाइट्रोजेपाम ८ पिस र १ सानो पुरिया गाँजा फेला परेको । ३)  सोही मो.सा. मा पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष ३० को सुमित रंजन सिंहको साथबाट १ सानो पुरिया गांजा फेला परेको ।

भन्सार छलीका सामान पक्राउ
२०८०-०६-१०

१.      सिरहा, मिति २०८०।०६।०९ गते अं. २०:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोक देखि पश्‍चिम सडकको किनारमा बोरामा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको खुद्रा सामानहरु अं. मु. रू. ३,८७,६५०/- (तीन लाख सतासी हजार छ सय पचास) बराबरको सामानहरु तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र ई.प्र.का. मिर्चैयाबाट QRT प्र.ह. को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी रित पुर्वक बरामद गरी ई.प्र.का. मिर्चैयामा ल्याई राखेको ।  २.      सिरहा, मिति २०८०।०६।०९ गते अं.१०:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ स्थित पूर्व पश्चिम लोकमार्गमा ई.प्र.का. गोलबजार सिरहाबाट प्र.नि. को कमाण्डमा सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मो.सा. रोक्न खोज्दा मो.सा.र झोला छाडी मो.सा.चालक भागी फरार भएकोले तत्काल झोला सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा झोला भित्र भन्सार छली ल्याएको निम्न मुल्य बराबरको मोवाईल थान -१८ र उक्त मो.सा.समेत नियन्त्रणमा लिई सशस्त्र प्रहरी बेस गोलबजार मार्फत उक्त समान भन्सार पठाउने कार्य भईरहेको ।निम्न सामानहरुः-१. रेडमी मोवाईल 12C-४ थानको प्रतिगोटा १४,०००।–को दरले अं.मु.रु.५६,०००।–२. रेडमी मोवाईल A2-१० थानको प्रतिगोटा १२,०००।– को दरले अं.मु.रु.१,२०,०००।–३. स्मार्ट मोवाईल HD-४ थानको प्रतिगोटा १४,५००।– को दरले अं.मु.रु.५८,०००।– ४. नम्बर पलेट नभएको यामाहा कम्पनिको MT 15,च्यासिस नं.-MEIRG6866P0006797, ईन्जिन नं.-G3N4E0512176 को मो.सा.को अं.मु.रु.२,५०,०००।–  गरी जम्मा अं.मु.रु.४,८४,०००।–

युरिया मल नियन्त्रणमा
२०८०-०६-०९

सर्लाही, मिति २०८०।०६।०८ गते अ. १६:४५ बजे जिल्ला सर्लाही हरिवन न.पा. ११ स्थितमा रहेको सानिमा बैंक अगाडि खाली जग्गामा ना ३ च ८०२९ नं. को बलेरो पिकअप गाडीमा भन्सार छली चोरी निकासी, पैठारी गरी ल्याएको युरिया मल छ भन्ने बिशेष सुचनाको आधारमा ई.प्र.का. हरिवन सर्लाहीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली ऐ. १७:०० बजे उक्त स्थानमा पुगि हेर्दा उक्त गाडीमा (प्रति बोरा ४५ के.जि.) को दरले ५१ बोरा युरिया मल फेला परेकोले उक्त नम्बरको गाडी र मलधनी जिल्ला रौतहट चन्द्रपुर न.पा. ६ बस्ने अं. वर्ष ४८ को राज किशोर साह समेतलाई नियन्त्रणमा लिई थप अनसन्धान कार्य भई रहेको, गाडी चालक फरार रहेको ।