बिल बिजक भन्दा बढिको सामान सहित पिक अप नियन्त्रणमा
२०८०-०५-०७
- A
- A-
- A+
१. बारा, मिति
२०८०/०५/०६ गते अं. २३:४५ बजेको समयमा जि. बारा जितपुरसिमरा उ.म.न.पा. ०७ जितपुर
स्थित ई.प्र.का. जितपुर, बाराबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले विरगंजबाट
काठमाडौं तर्फ जाँदै गरेको प्र.२-०३-००१च ६२०४ नं.को पिक अपलाई रोकी चेकजाँच गर्दा
मेसिनरी तथा फेन्सीको सामान अं. मुल्य रू. १८,०२,९२८/- (अठार लाख दुई हजार नौ सय
अट्ठाईस रुपैयाँ) बराबरको बिल बिजक भन्दा बढीको सामान बोकेको र बिल बिजक भन्दा
अनलाईन बिलमा पनि सामान फरक भएको कारण पिक अप सहित सामान नियन्त्रणमा लिई ई.प्र.का.
जितपुर बारामा ल्याई राखेको, पिक अप चालक जि.बारा बारागढी न.पा. ०४
पथरा बस्ने अं. वर्ष २९ को संजय चौधरी सम्पर्कमा रहेको ।