फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०५-०७
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०५।०६ गते अं. १५:००
बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गा.पा. वडा नं.-४ स्थितमा प्र.चौ. पाण्डेपुर,
पर्साबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले गाउँघरमा हिँडडुल गरिरहेको
अवस्थामा अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर (चालु) मुद्दाको फरार प्रतिवादी ऐ.ऐ.
बस्ने चोकट रामको छोरा वर्ष २२ को उपेन्द्र रामलाई नियन्त्रणमा लिई आवश्यक
कार्वाहीको लागी जि.प्र.का. पर्सामा पठाएको ।
२.
बारा, मिति २०८०/०५/०६ गते अं. २३:५० बजेको
समयमा लागत नं. ८४८, लागत कसेको मिति २०६८।०२।०९ गते, शुरु फैसला मिति २०५९।०३।१२
गते, ६ वर्ष कैद सजाय, रु. २,१०,९१५/- जरिवाना भएको डाका मुद्दाको फरार प्रतिवादी
जि. बारा फेटा गा.पा. ४ बतरा बस्ने अं. वर्ष
४० को रमेश मुखिया विनलाई ई.प्र.का. छतवा, बाराबाट खटि गएको प्र.ब.ना.नि.को
कमाण्डमा खटि गएको टोलिले निजलाई ऐ.ऐ. स्थितबाट पक्राउ गरी तालुक ई.प्र.का. बारा
तर्फ पठाईएको ।
रौतहट, मिति २०८०/०५/०६
गते अं. १५:०० बजेको समयमा जि. रौतहट गढिमाई न.पा.३ लक्ष्मीपुर टोल बस्ने अभद्र
मुद्दाको फरार प्रतिवादि मोल्वि मिया कवारीको छोरा अं. वर्ष ४५ को वकिल मिया कवारी
गाँउघरमा लुकिछिपि बसेको छ भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का. गरुडा, रौतहटबाट
प्र.व.ना.नि.को कमाण्डमा टोली खटि गइ निजलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहिको
लागि सम्मानित जिल्ला अदालत गौर तर्फ पठाउने कार्य भइरहेको ।