अवैध भरुवा बन्दुकसहित १ जनालाई नियन्त्रणमा लिने क्रममा हवाई फायर
२०८०-०५-०७
- A
- A-
- A+
१.
बारा, मितिः-२०८०।०४।१६ गते अं. ०७:३० बजेको
समयमा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. १६ टाङियाबस्ती बस्ने वाङछे लामाको छोरा
बर्ष ३५ को सागर लामाको घरमा हातहतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा
छापा मार्नको लागी ई.प्र.का. निजगढ बाराबाट प्र.नि.को कमाण्डमा १५ जनाको टोली
निजको घरमा खटी गई निज सागर लामा र हातहतियार भरुवा बन्दुक बरामद गरी निजलाई
पक्राउ गरी ल्याउने क्रममा अं. २००/३०० सय जना मानिसहरुले घेरा हाली प्रहरी टोली
माथी हातपात ढुङ्गामुढा गरी नियन्त्रणमा लिएकोमा निज प्रतिवादी सागर लामालाई हतकडी
सहित प्रहरी टोलीबाट खोसी निज सागर लामालाई स्थानिय बासीहरुले भगाएकोमा प्रहरी
टोलीले निजलाई भाग्न नदिन भिड हटाउन ३०३ राईफलबाट ५ राउण्ड हवाई फायर गरी
मानिसहरुलाई तितरबितर बनाईएको, उक्त स्थानबाट निम्न समान बरामद गरी ई.प्र.का.
निजगढमा ल्याईएको, उक्त मानिसहरुबाट हातपात हुँदा निम्न प्र.क.हरु घाईते भएको, अवस्था
सामान्य रहेको, उपचारको लागी सामुदायिक प्रसुती अस्पताल निजगढमा उपचार भैरहेको, फरार
व्यक्तिको खो.त. भैरहेको ।
निम्नः -बरामद भएको
सम्मानहरु:
१.
भरुवा बन्दुक (लोड भएको अवस्थामा ) थान-१
२.
ऐ. बन्दुकको बारुद अं. १ पाउ
३.
ऐ. बन्दुकको छरा २ बाटा
४.
जनावरको दाँत जस्तो देखिने २ वटा
५.
जनावरको रौँ १३ ओटा
६.
जनावरको नङ्ग्रा ३ वटा
प्र.क.घाईते भएको सम्बन्धमा
१.
जि.प्र.का.बारामा दरबन्दी भई यस का.मा.कार्यरत
प्र.ब.ना.नि.कलम ब.शाही (बाँया हातमा चोट अवस्था सामान्य)
२.
प्र.चौ. बिश्रामपुर बारा दरबन्दी भई यस
का.मा.कार्यरत प्र.स.नि.बालराज गिरी (बाँया कुम्भ र बाँया हातमा चोट अवस्था
सामान्य)
निम्न फरार व्यक्तिको हुलिया
वर्ण गहुंगोरो, उचाई ५.२
फिट, पातलो शरीर, निलो जिन्स पाईन्ट र हरियो भेस्ट लगाएको हतकडी सहित भागेको ।