बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०५-०८
- A
- A-
- A+
पर्सा, मिति २०८०।०५।०६ गते २२:३० बजे राती बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको माल
बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा
वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.३ ख ७९१० नम्बरको मालबाहक
ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो बिल
बिजक संकास्पद देखिएको हुँदा अ.मु. रू ६१,४१,०६२।– (ए कसट्ठी लाख
एकचालीस हजार बैसठ्ठी रुपैयाँ) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा
हार्डवेयरका सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि
मिति २०८०।०५।०७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।