प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा

२०८०-०५-०८

  • A
  • A-
  • A+
Share

पर्सा, मिति २०८०।०५।०७ गते २१:३० बजे राती बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक स्थित सडकखण्डमा ना.४ख. ९१३९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु. रू. ९५,४३,१०६। (पन्चान्वे लाख त्रिचालीस हजार एक सय छ रुपैयाँ) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा औषधीका सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०५।०८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

सम्बन्धित समाचार