अवैध भन्सार छलीका सामान बरामद
२०८०-०५-११
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।०५।१० गते अं. १५:३० बजेको
समयमा जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय रौतहटबाट
खटिएको प्रहरी गस्ती टोलिले भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरि HR26DM 5962 न.को मो.सा.मा कपडा लगायतका सामानहरु लोड गरि नेपाल तर्फ ल्याउँदै गरेको
अवस्थामा प्रहरी गस्ति टोलिले फेला पारी मो.सा. सामान सहित ऐ.वडा न. ४ बस्ने
विष्णु दयाल राय यादवलाई नियन्त्रणमा लिई उक्त मो.सा. र कपडाको अ.मूल्य रु. १,६३,२००।–
(एक लाख त्रिसट्ठी हजार दुई सय रुपैयाँ)
कायम गरि आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गराएको ।