भन्सार छलीका सामान सहित मानिस र मोटरसाइकल नियन्त्रणमा
२०८०-०५-१२
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०।०५।११ गते अं.०८:३० बजेको
समयमा जि. सर्लाही पर्सा गा.पा. १ सितरपुर स्थित जि.प्र.का. सर्लाहीबाट प्र.स.ह. को
कमाण्डमा खटिएको टोलीले BR06AC5653 नं. को मो.सा.मा भारतबाट लुकाई छिपाई नेपाल तर्फ ल्याउँदै गरेको विभिन्न
किसिमको लत्ताकपडा ३ बोरा अं.मु. रु. २,००,०००।– सहित जिल्ला सर्लाही पर्सा गा.पा. १ बस्ने अं. वर्ष
१९ को निरज यादव, ऐ.ऐ. बस्ने अं. वर्ष १४ को अनिल मण्डल र मो.सा. नियन्त्रणमा
लिई जि.प्र.का. सर्लाहीमा ल्याई राखिएको ।