मोटरसाइकल सहित मोटरसाइकल चोर नियन्त्रणमा
२०८०-०५-१२
- A
- A-
- A+
१.
धनुषा, मिति २०८०/०५/११ गते अं.१५:३० बजेको
समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.२०
देवपुरा रूपैठा बस्ने राम गुलाम मण्डलको आफनै घरमा १६० cc को
ज.१०प.२४७९ नं.को निलो रङको अपाचे मो.सा. पार्किङ गरिराखेको अवस्थमा हराएकोमा ई.प्र.का.फुलगामा
धनुषाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले खो.त. गर्ने क्रममा मिति
२०८०/०५/१२ गते अं.००:५० बजेको समयमा ऐ. स्थित चोकबाट उक्त मो.सा. जिल्ला महोत्तरी
पिपरा गा.पा.७ बस्ने अं.वर्ष २४ को राधेश्याम मण्डलले चलाउदै ल्याईरहेको अवस्थामा
फेला पारी उक्त मो.सा.सहित मो.सा. चोरलाई नियन्त्रणमा लिई ई.प्र.का.फुलगामा धनुषामा
ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।